संसदीय सुनुवाइ प्रक्रियाको सवाल: ‘व्याक बेञ्चर’ प्रधान स्वयं अगाडि उभिँदै
काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायदेखि विदेशस्थित नेपाली कुटनीतिक नियोगमा नेपाली प्रतिनिधिहरुको नियुक्तपूर्व संविधानको धारा २९२ मा संसदीय सुनुवाइको व्यवस्था गरिएको छ।
अन्तरिम संविधान २०६३ जारी भएदेखि नै नेपालमा सुरु गरिएको संसदीय सुनुवाइ प्रक्रियामा समितिका सदस्यहरुले प्रस्तावित उम्मेदवारहरुका विषयमा विभिन्न माध्यमबाट उजुरी संकलन गरी त्यसबारे सम्बन्धित व्यक्तिसँग सवाल/जवाफको सुनुवाई प्रक्रिया अपनाउँदै आएको पनि १५ वर्ष ज्यादा भयो।
यो अवधिमा संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका थुप्रै प्रधानन्यायाधीदेखि न्यायाधीश लगायत अन्य संवैधानिक निकायका पदाधिकारीको सुनुवाई पश्चात अधिकांश उम्मेदवारहरुलाई सुरुमा भए/नभएका लाञ्छनायुक्त प्रश्न सोेधेर नंग्याउने र पछि स–सम्मान नियुक्तिको वैधानिक बाटो मात्र खोलिदिएन, त्यसमध्ये अनगिन्ती पदाधिकारीहरुले आफ्नो कार्यकाल पूरा गरी सेवा निवृत्त पनि भइसके होलान्।
यसरी सुरु भएर जारी रहेको सुनुवाई प्रक्रियामा विशेषगरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रियामा सरोकार नै नभएका एक व्यक्तिलाई समितिका सभापतिदेखि संसदका पूर्वमहासचिव र कर्मचारीहरुसम्मले विनारोकटोक बैठकमा पदेन सदस्य सरह उपस्थित भएर समितिको सवाल÷जवाफसँगै समितिका सदस्यहरुले निर्णयपूर्व गर्ने गोप्य छलफलको दृश्य सुन्न र हेर्न पाउने एक पात्रका विषयमा थोरैमात्र जानकार होलान्।
जसले विशेषगरी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सुनुवाई प्रक्रियादेखि विवादस्पद ढंगले सेवा निवृत्त हुन पुगेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासम्मको संसदीय सुनुवाईमा विशेष चासोका साथ समितिको बैठकमा उपस्थित हुने गरेका थिए।
त्यतिमात्र होइन, श्रेष्ठ र जबराको सुनुवाई प्रक्रियामा समितिका सदस्यहरुले उठाएका प्रश्नदेखि सम्बन्धित उम्मेदवारले दिएको जवाफसमेत समितिकै बैठक कक्षको एक कुनामा बसेर नियाल्दै र त्यसको तत्काल रिपोर्ट बाहिर पठाउँथे। भने कतिपय उम्मेदवारलाई जवाफका लागि सहयोगीको भूमिका पनि निर्वाह गर्दथे।
सुनुवाई समितिको बैठकमा उम्मेदवारसँग प्रत्यक्ष प्रश्नोत्तर र सवाल, जवाफ पश्चात समितिका सदस्यहरुले निर्णयपूर्व उक्त बैठकमा उपस्थित मिडियाकर्मीदेखि अन्य व्यक्तिलाई बैठकबाट बाहिर पठाएपनि एक जना गैरसांसद अथवा असम्बन्धित व्यक्तिलाई भने कसैले बाहिर जाने ढोका देखाउँदैनथे।
समितिमा उनको उपस्थितिसँगै सन्दिग्ध गतिविधिका विषयमा संसदका महासचिवदेखि समितिका सभापति र सचिवलाई प्रश्न गर्दा उनीहरुले त्यी प्रश्नको जवाफै नदिई टारिदिने पनि गर्दथे। त्यसका बाबजूद कतिपय अवस्थामा उनको विषयमा गरिएको प्रश्नको जवाफमा समितिका केही पदाधिकारीले त उनी पूर्वप्रधानन्यायाधीश श्रेष्ठको विशेष व्यक्तिका रुपमा संसदीय समितिमा आएको भन्दै आफ्नो निरिहता प्रदर्शन पनि गर्दथे।
उनी हुन, नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान। जसले कतिपय उम्मेदवारको विषयमा समितिले अनुमोदन गरेको औपचारिक निर्णय बाहिर मिडिायसमक्ष सुनाउनु अगावै प्रस्तावित उम्मेदवारका श्रीमतीलाई तत्काल फोन गरेर ‘श्रीमानको नाम अनुमोदन भयो नि, बधाई हजुरलाई’ भन्दै पहिलो सूचनादाताको रुपमा आफूलाई स्थापित पनि गराउँथे।
यही सातादेखि अब उनको परिचय बदलिन पुगेको छ। पहिलेका कतिपय उच्चपदस्थ पदाधिकारीका सूचनादाता अब स्वयं सुनुवाई समितिमा प्रस्तावित उम्मेदवारका रुपमा उपस्थित हुँदैछन्।
उनै प्रधानलाई संवैधानिक परिषदको आइतबारको बैठकले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्तमा नियुक्तिको सिफारिस गर्ने निर्णय गरेपछि संसदीय सुनुवाई समितिले प्रधानको बारेमा सुनुवाई प्रक्रिया सुरु गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकले प्रधानको सुनुवाईका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्तसहित पाँच सदस्यीय आयोगका एक सदस्य ईश्वरीप्रसार्द पौडेल आफ्नो कार्यकाल समाप्त गरी सेवामुक्त भएपश्चात रिक्त रहेको एक आयुक्तका रुपमा संवैधानिक परिषदले प्रधानको नियुक्तिको सिफारिस गरेको हो।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












