राजदूत ओलीद्वारा थाइल्याण्डका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नु भएको छ । यहाँका राजा वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआ समक्ष ’लेटर अफ क्रेडिट्स’ प्रस्तुत गर्नु भयो । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित एक विशेष समारोहमा आफ्नो विश्वसनीयताका पत्र प्रस्तुत गर्नु भएको हो ।
परिचयपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले महामहिम राजासँग भेट गरी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट महामहिम राजाको सुस्वास्थ्य, खुसी तथा थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको, जुन हाम्रा दुई सरकार र जनताबीच खुशीसाथ कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले बाँधिएको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा एकअर्काप्रति समर्थन रहेको उल्लेख गर्नुभयो । नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीन कालदेखि नै बौद्ध धर्मको विकास हुँदै गएको छ ।
राजदूत ओलीले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा राजालाई स्वागत गर्न नेपालका राष्ट्रपतिको इच्छा रहेको अवगत गराउनुभएको थियो ।
थाइल्याण्डका राजाले थाइल्याण्डमा नयाँ कार्यभार सम्हाल्नु भएका राजदूत ओलीलाई स्वागत गर्दै उहाँको कार्यभार सफल होस् भन्ने कामना गर्नुभयो । थाइल्यान्डका राजाले नेपालका राष्ट्रपति पौडेललाई हार्दिक बधाई तथा नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
थाइल्यान्डका राजाले नेपालका राष्ट्रपतिको निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुभयो । थाइल्यान्डकी महारानी सुथिदा बज्रसुधाबिमलाक्षणा प्रमाणपत्र प्रस्तुतिकरण समारोहमा उपस्थित हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












