फणीन्द्र देवकोटालाई सर्वोच्चको राहत, कारबाही रोक्न अन्तरिम आदेश
काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटालाई गरिएको कारबाही रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। देवकोटाले आफूविरुद्ध नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाहीविरुद्ध हालेको रिटमा सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई राहत दिने गरी माओवादीको कारबाही रोक्न अन्तरिम आदेश र विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै देवकोटालाई कारबाही गरेपछि उनी रिट लिएर सर्वोच्च पुगेका थिए ।
गोरखाबाट माओवादीको चुनाव चिह्न लिएर विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको नेता भएको र राजनीतिक दलसम्बन्धी ऐन अनुसार मओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी उनको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।
गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेर नेपालीकांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास दिएको भोलिपल्ट उनी गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका थिए। उनीसँगै दीपक मनाङे पनि मन्त्री भएका थिए ।तर ३ दिन नबित्दै देवकोटाले मन्त्री पद गुमाएका थिए । नेकपा माओवादी केन्द्रले कारबाहीस्वरुप गण्डकी प्रदेश सभाको सांसद पदबाट निस्कासन गरेपछि देवकोटाको मन्त्री पद पनि गुमेको थियो ।
देवकोटालाई कारबाहीका लागि माओवादीले जेठ २९ गते साँझ २४ घण्टे स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादी पार्टीको सांसद भएको प्रष्टीकरण दिएका थिए । देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता हुन् ।
तर २०७९ को प्रदेश सभा निर्वाचनमा गोरखा २ ९१० बाट माओवादीको चिह्न हँसिया हथौडाबाट विजयी भएका थिए । त्यसपछि उनी गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलको सदस्य बनेका थिए । गण्डकीमा अहिले नेसपाको संसदीय दल छैन ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












