राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
राजस्व अनुसन्धान विभागको पछिल्लो क्रियाकलापले देशभरका राजस्व छल्ने र चुहावट गर्ने उद्योगी व्यवसायी त्रसित
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका छन । विभिन्न भन्सार बिन्दुहरूबाट भन्सार क्लियर गरेर ल्याइएका मालवाहक सवारी साधनहरूमा राजस्व कमतिरि,कम सामानको भन्सार तिरी बढी सामान ल्याएको आशंका र सुराकीको आधारमा मालवाहक सवारी साधन र सामान समाति विभागले परीक्षण गरिरहेको छ। विभागको यही सकृयताका कारण अहिले विभाग परिसर मालवाहक कन्टेनर र गाडीहरूले भरिभराउ भएको छ ।
विभिन्न भन्सार बिन्दुहरूबाट भन्सार मूल्यांकन र राजस्व छलीको आशंकामा प्रहरी र राजस्व अनुसन्धान विभागको स्वयम् गस्तीले ल्याएका मालवाहक कन्टेनर तथा गाडीहरू राजस्व अनुसन्धान विभागको परिसरमा मात्रै होइन परिसर बाहिरसमेत गाडीको लाइन देख्न सकिन्छ ।
माँ दुर्गा ट्रान्सपोर्ट कम्पनीले ल्याएका आधा दर्जन मालवाहक गाडीहरू राजस्व अनुसन्धान विभाग परिसरमा रहेका छन् । विशाल ग्रुप अन्तरगतका सिस्टर कम्पनीले राजस्व छलेर ल्याएको आशंका गरिएका आलु, चिप्स र कुरकुरेलगायतका वस्तुहरू लोडगरिएका आधा दर्जन मालवाहक गाडी पनि राजस्व अनुसन्धान विभाग भित्र रहेका छन् । यसैगरी एनएसजी ट्रेडिङ प्रा.लि.ले ल्याएको कन्टेनर विगत केही दिनदेखि राजस्व अनुसन्धान परिसरमा रहेको छ । राजस्व अनुसन्धान विभागले गाडीबाट मालवस्तु झारेर राजस्व चुहावट र छलि नभएको सम्बन्धमा छानवीन अनुसन्धान गरिरहेको छ। यसमा विभागको सकृयता बढेको देख्न सकिन्छ ।
वर्षाको समयमा सडक बिग्रिने र मालवस्तु भनेका बेलामा ल्याउन नसकिने हुँदा व्यापारीहरूले असार,साउन र भदौ महिनालाई पुग्ने सामान जेठ-असारमै मगाउने र गोदाममा स्टक गरि राख्ने गर्छन। यही बेला भन्सारका कर्मचारीले बदमासी गरि राजस्व बिचलन गरि सामान छाडदा अर्बौं राजस्व चुहावट र छलि हुन पुग्दछ। त्यसैले विभागले यो बेला राजस्व चुहावटको आशंका गरिएका मालवाहक गाडीहरू नियन्त्रणमा लिएर विभाग परिसर लगि सामान अनलोड गरि छानवीन र अनुसन्धान गर्दै आएको छ। तर राजस्व छलिमा संम्लग्न व्यापारीहरूले भने यसरी वर्षादको बेलामा सामान अनलोड-लोड गर्दा सामानहरू भिज्ने, टुटफुट हुने , ड्राइभर र सहचालकहरूलाई अतिरिक्त भत्ता र खानपानको व्यवस्था गर्नुपर्ने, मालवाहक गाडीरकन्टेनरको हरेक दिनको डिटेन्सन चार्ज तिर्नुपर्नाले आफूहरू हैरानीमा परेको गुनासो गर्दै आएका छन् । तर यसरी समातिएका सामानमा भन्सार दर,भन्सार मुल्यांकन, परिणाम, उत्पत्तिको देश, मूल्य र सामानको स्वघोषणा फरक पाइएको छ।
राजस्व अनुसन्धान विभागमा ल्याइएका मालवहाक गाडीहरू छिटो छाडिने गरिएका छन् । मालवाहक गाडी रकन्टेनरहरू विभिन्न ट्रान्सपोर्ट कम्पनीहरूले ल्याएपनि ती कन्टेनरमा आएको समानहरूको वास्तविक मालिकलाई राजस्व अनुसन्धान विभागले झिकाउन लगाउने हुनाले समयमा मालवस्तुका धनी आइनपुगे सामानको छानवीन गर्न समय लाग्ने नत्र छिटो नै छानवीन अनुसन्धान हुने विभाग स्रोतले बताएको छ ।
पछिल्लो समय राजस्व अनुसन्धान विभाग, प्रहरी र अन्य संयन्त्रबाट मालवाहक गाडी कन्टेनरहरू अत्यधिक संख्यामा समातिने गरेका छन । समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले हरेक मालवाहक गाडी रकन्टेनरहरूबाट राजस्व छलेको र चुहावट गरेको प्रमाण भेटाएको छ । यस्ता फर्म वा कम्पनीलाई विभागले धरौटी रकम लिई मुद्दा चलाएर मालवस्तु र गाडी छाडि दिने गरेको छ।
विभागका महानिर्देशक चक्र बहादुर बुढाले अनुसन्धान शाखाहरूमा कार्यरत निर्देशकहरू, शाखाहरूमा कार्यरत कर्मचारीहरू र विभाग अन्तर्गतका चारवटा कार्यालयमा कार्यरत प्रमुख र कर्मचारीहरूलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट तथा वितरण गर्न नसक्दा विभाग असन्तुलित जस्तो देखिएकाले अहिले विभागका महानिर्देशक विरूद्व नियोजित प्रचारबाजी सुरू भएको छ । बुढाले घरभित्रका परिवारलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट नगरि सेटिङमा बाहिरबाहिरै अदृश्यशक्ति परिचालन गर्दा सन्तुलन झन् बिग्रियो र विभागको साख झनै गिरेको चर्चा पनि छ ।
राजस्व अनुसन्धान विभागको पछिल्लो क्रियाकलापले देशभरका राजस्व छल्ने र चुहावट गर्ने उद्योगी व्यवसायी त्रसित बनेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले गहिरो र सुक्ष्म अध्ययन अनुसन्धान गरि राजस्व चसहावट र छलि भएको आशंकामा छापा हान्ने, भन्सार बिन्दुबाट जाँचपास भएर छुटेका गाडीहरू राजस्व अनुसन्धान विभागमा समातेर ल्याउने र छिटोछरितो रूपमा अनुसन्धान गर्दा राजस्व चुहावट र छलि गर्नेहरू आतंकित बनेका छन।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












