राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
राजस्व अनुसन्धान विभागको पछिल्लो क्रियाकलापले देशभरका राजस्व छल्ने र चुहावट गर्ने उद्योगी व्यवसायी त्रसित
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका छन । विभिन्न भन्सार बिन्दुहरूबाट भन्सार क्लियर गरेर ल्याइएका मालवाहक सवारी साधनहरूमा राजस्व कमतिरि,कम सामानको भन्सार तिरी बढी सामान ल्याएको आशंका र सुराकीको आधारमा मालवाहक सवारी साधन र सामान समाति विभागले परीक्षण गरिरहेको छ। विभागको यही सकृयताका कारण अहिले विभाग परिसर मालवाहक कन्टेनर र गाडीहरूले भरिभराउ भएको छ ।
विभिन्न भन्सार बिन्दुहरूबाट भन्सार मूल्यांकन र राजस्व छलीको आशंकामा प्रहरी र राजस्व अनुसन्धान विभागको स्वयम् गस्तीले ल्याएका मालवाहक कन्टेनर तथा गाडीहरू राजस्व अनुसन्धान विभागको परिसरमा मात्रै होइन परिसर बाहिरसमेत गाडीको लाइन देख्न सकिन्छ ।
माँ दुर्गा ट्रान्सपोर्ट कम्पनीले ल्याएका आधा दर्जन मालवाहक गाडीहरू राजस्व अनुसन्धान विभाग परिसरमा रहेका छन् । विशाल ग्रुप अन्तरगतका सिस्टर कम्पनीले राजस्व छलेर ल्याएको आशंका गरिएका आलु, चिप्स र कुरकुरेलगायतका वस्तुहरू लोडगरिएका आधा दर्जन मालवाहक गाडी पनि राजस्व अनुसन्धान विभाग भित्र रहेका छन् । यसैगरी एनएसजी ट्रेडिङ प्रा.लि.ले ल्याएको कन्टेनर विगत केही दिनदेखि राजस्व अनुसन्धान परिसरमा रहेको छ । राजस्व अनुसन्धान विभागले गाडीबाट मालवस्तु झारेर राजस्व चुहावट र छलि नभएको सम्बन्धमा छानवीन अनुसन्धान गरिरहेको छ। यसमा विभागको सकृयता बढेको देख्न सकिन्छ ।
वर्षाको समयमा सडक बिग्रिने र मालवस्तु भनेका बेलामा ल्याउन नसकिने हुँदा व्यापारीहरूले असार,साउन र भदौ महिनालाई पुग्ने सामान जेठ-असारमै मगाउने र गोदाममा स्टक गरि राख्ने गर्छन। यही बेला भन्सारका कर्मचारीले बदमासी गरि राजस्व बिचलन गरि सामान छाडदा अर्बौं राजस्व चुहावट र छलि हुन पुग्दछ। त्यसैले विभागले यो बेला राजस्व चुहावटको आशंका गरिएका मालवाहक गाडीहरू नियन्त्रणमा लिएर विभाग परिसर लगि सामान अनलोड गरि छानवीन र अनुसन्धान गर्दै आएको छ। तर राजस्व छलिमा संम्लग्न व्यापारीहरूले भने यसरी वर्षादको बेलामा सामान अनलोड-लोड गर्दा सामानहरू भिज्ने, टुटफुट हुने , ड्राइभर र सहचालकहरूलाई अतिरिक्त भत्ता र खानपानको व्यवस्था गर्नुपर्ने, मालवाहक गाडीरकन्टेनरको हरेक दिनको डिटेन्सन चार्ज तिर्नुपर्नाले आफूहरू हैरानीमा परेको गुनासो गर्दै आएका छन् । तर यसरी समातिएका सामानमा भन्सार दर,भन्सार मुल्यांकन, परिणाम, उत्पत्तिको देश, मूल्य र सामानको स्वघोषणा फरक पाइएको छ।
राजस्व अनुसन्धान विभागमा ल्याइएका मालवहाक गाडीहरू छिटो छाडिने गरिएका छन् । मालवाहक गाडी रकन्टेनरहरू विभिन्न ट्रान्सपोर्ट कम्पनीहरूले ल्याएपनि ती कन्टेनरमा आएको समानहरूको वास्तविक मालिकलाई राजस्व अनुसन्धान विभागले झिकाउन लगाउने हुनाले समयमा मालवस्तुका धनी आइनपुगे सामानको छानवीन गर्न समय लाग्ने नत्र छिटो नै छानवीन अनुसन्धान हुने विभाग स्रोतले बताएको छ ।
पछिल्लो समय राजस्व अनुसन्धान विभाग, प्रहरी र अन्य संयन्त्रबाट मालवाहक गाडी कन्टेनरहरू अत्यधिक संख्यामा समातिने गरेका छन । समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले हरेक मालवाहक गाडी रकन्टेनरहरूबाट राजस्व छलेको र चुहावट गरेको प्रमाण भेटाएको छ । यस्ता फर्म वा कम्पनीलाई विभागले धरौटी रकम लिई मुद्दा चलाएर मालवस्तु र गाडी छाडि दिने गरेको छ।
विभागका महानिर्देशक चक्र बहादुर बुढाले अनुसन्धान शाखाहरूमा कार्यरत निर्देशकहरू, शाखाहरूमा कार्यरत कर्मचारीहरू र विभाग अन्तर्गतका चारवटा कार्यालयमा कार्यरत प्रमुख र कर्मचारीहरूलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट तथा वितरण गर्न नसक्दा विभाग असन्तुलित जस्तो देखिएकाले अहिले विभागका महानिर्देशक विरूद्व नियोजित प्रचारबाजी सुरू भएको छ । बुढाले घरभित्रका परिवारलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट नगरि सेटिङमा बाहिरबाहिरै अदृश्यशक्ति परिचालन गर्दा सन्तुलन झन् बिग्रियो र विभागको साख झनै गिरेको चर्चा पनि छ ।
राजस्व अनुसन्धान विभागको पछिल्लो क्रियाकलापले देशभरका राजस्व छल्ने र चुहावट गर्ने उद्योगी व्यवसायी त्रसित बनेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले गहिरो र सुक्ष्म अध्ययन अनुसन्धान गरि राजस्व चसहावट र छलि भएको आशंकामा छापा हान्ने, भन्सार बिन्दुबाट जाँचपास भएर छुटेका गाडीहरू राजस्व अनुसन्धान विभागमा समातेर ल्याउने र छिटोछरितो रूपमा अनुसन्धान गर्दा राजस्व चुहावट र छलि गर्नेहरू आतंकित बनेका छन।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












