टी–२० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । जारी टी–२० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ ।सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
भारत २०१४ पछि पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन । भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् ।
त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्बाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् । त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












