इङ्ग्ल्यान्ड र स्पेन यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । इङ्ग्ल्यान्ड यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
स्लोभाकियाका लागि खेलको २५औँ मिनेटमा इभान स्क्रान्जले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यो गोलसँगै स्लोभाकियाले इङ्ग्ल्यान्डविरुद्ध इन्जुरी समयसम्म अग्रता लिएको थियो। तर, खेलको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुडे बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो र दोस्रो हाफ बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयको पहिलो मिनेटमै गोल गर्दै इङ्ग्ल्यान्डका ह्यारी केनले टिमलाई अग्रता दिलाए। सोही गोल निर्णायक बन्दा इङ्ग्ल्यान्ड स्लोभाकियाविरुद्ध २–१ गोलले विजयी भयो।
त्यस्तै, स्पेन पनि यूईएफए युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। राति जर्मनीमा भएको खेलमा जर्जियाविरुद्ध फराकिलो पुनरागमन जित निकाल्दै स्पेनले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
खेलको १८औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएपछि स्पेन दबाबमा परेको थियो। तर, ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै स्पेनलाई १–१ को बराबरीमा ल्याए। खेलको ५१औँ मिनेटमा फावियन रुइजले गोल गर्दै जर्जियाविरुद्ध स्पेनलाई अग्रता दिलाए। ७५औँ मिनेटमा निको विलियम्सले गोल गरेसँग स्पेनले जर्जियाविरुद्ध ३–१ को अग्रता दिलाए। त्यसपछि डेनी ओल्मोले ८३ औँ मिनेटमा गोल गरेपछि स्पेनले जर्जियाविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्यो।
अब स्पेनले क्वाटरफाइनलमा प्रवेशका लागि जर्मनीको सामना गर्नेछ, भने इङ्ग्ल्यान्डले स्वीट्जरल्यान्डको सामना गर्नेछ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












