निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो। उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाई हुने समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिएका छन्।
बैठकले सुनुवाईका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जनसहित पारित गरिएको जवराले बताए। संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।
विगत लामो समयदेखि नेपाल ल सोसाइटी नामक गैरसरकारी संस्थाको कार्यकारी निर्देशकको रुपमा क्रियाशील प्रधानको विरुद्धमा दुई वटा उजुरी उनको व्यक्तिगत चरित्रसँग सम्बन्धित अर्थात एक महिलासँगको सम्बन्धका विषयमा छन् भने अन्य दुई उजुरीको विषयमा समितिले कुनै जानकारी बाहिर ल्याएको छ।
गैरसरकारी संस्थामा क्रियाशील रहँदा विदेशी दातृ संस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रम गर्ने, गराउने गतिविधिमा सक्रिय रहँदै आएका प्रधान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि चोलेन्द्र शम्शेर राणासम्मै अत्यन्त निकटस्थ व्यक्तिका रुपमा परिचित छन्।
जसले श्रेष्ठदेखि राणासम्मको नियुक्तिपूर्व संसदीय सुनुवाई समितिको सुनुवाई प्रक्रियामा विनारोकटोक उपस्थित रहेर समितिको निर्णय औपचारिक रुपमा सार्वजनिक हुनुपूर्व नै समितिकै बैठक कक्षबाट सम्बनिधत उम्मेदवारका आफन्तलाई बधाईसहितको जानकारी दिने गर्दथे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












