प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर तत्काल पदबाट राजिनामा दिन सुझाव दिएका छन। तर प्रचण्डले भने सत्ता लम्पट प्रवृत्ति देखाउदै प्रतिनिधि सभामा आफ्ना कुरा राख्ने र विश्वासको मत लिएर सरकार छाडनु परेपनि त्यसबेला छाडने बताएको एमाले निकट स्रोतले बताएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष ओलीेले पटक–पटक आफूलाई ढाँटेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्।
मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरिरहेको भन्दै त्यसलाई षड्यन्त्र भएको आरोप लगाएका छन। उनले तुरुप एउटा फाल्ने, काम अर्को गर्ने जो भएको छ, त्यो षड्यन्त्र हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले बताएका छन। उनका अनुसार ओलीको यो षड्यन्त्रलाई पार्टीले प्रतिवाद गर्ने निर्णय पनि भएको छ।
असार १७ गते सोमबार बिहान तीन घण्टाभन्दा बढी प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। सो भेटघाटका क्रममा ओलीले यही गठबन्धनलाई निरन्तरता दिएर जाने र कांग्रेससँग कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए। यदी सहमति हो भने जस्ताको तस्तै भन्नुस् भन्दा पनि दुई दिनसम्म लगातार उहाँले केहीपनि भएको छैन भनेर भन्नुभयो,हामी धेरै पछिसम्म मिलेर जाने भन्नुभएको थियो। राति जे सहमति भयो, त्यसले एक प्रकारको राजनीतिमा एकाथिर एउटा र अर्कोतिर अर्कोथरी भन्ने गरेको देखियो भनि बताएको पौडलले जानकारी दिएका छन।
त्यस्तै मंगलबार बिहान प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान आग्रह गरेका थिए। सो बारेमा पनि प्रचण्डले पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै भनेका छन। एकातिर एउटा सहमति गर्ने र अर्कोतिर बिहानै आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग मिलौँ भनेर हुन्छ र उनले भनेका छन।
माओवादी केन्द्रकै अर्का सचिव दिननाथ शर्माले पनि ओलीबाट आफूलाई पटक पटक ढाँट्ने काम भएको ब्रिफिङ प्रचण्डले गरेका थिए। उनका अनुसार वामपन्थी फुटाउनेगरी बाह्य शक्ति लागेको पनि प्रचण्डले सुनाएका थिए। ‘वामपन्थी फुटाउने खेलमा बाह्य शक्ति पनि लागेको देखियो, हामी नै हो, हामीनै मिलेर जाने हो, अहिले पार्टी एकताको कुरा गर्दा प्रोभोकेटिभ हुन्छ।’ सरकालाई नै निरन्तरता दिने भन्नेगरी प्रचण्डले सरकारका काम राम्रो बनाउन मंगलबार पनि भनेको छन। हिजो सरकारका काम राम्रो बनाउने भनेर प्रचण्डलाई मख्ख बनाएर गएको आरोप लगाएको सचिव शर्माले बताएका छन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












