‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल गरिरहने’ अभिव्यक्ति दिएको चार महिनाको समय पार गर्दा नगर्दै देशको राजनीतिमा फेरि अर्को उथलपुथलको स्थिति निर्माण भएको छ।
वर्तमान सत्ता साझेदार दल नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई चक्मा खुवाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समिकरणको प्रक्रिया सुरु गरेसँगै ०७९ पुस ११ मा सत्ताको नेतृत्व लिएर कहिले एमाले त कहिले कांग्रेसलाई कहिले एउटाको हात समाएर अर्कोलाई लात हान्दै आएका दाहाल अन्तत आफैँ उत्तानोटाङ लगाउने स्थितिमा पुगेका छन्।
कुनै समय सत्ता समिकरणको विषयमा कुरा पनि नचल्ने स्थितिमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादको प्रक्रियालाई गोप्यरुपमा अघि बढाउँदै असार १५ गते दहि चिउरा खाने बहानामा बालकोट पुगेर सत्ता साझेदारीमा अघि बढ्न तयार रहेको स्पष्ट सन्देश दिए।
सार्वजनिक खपतका लागि मात्र होइन, औपचारिक कार्यक्रममा समेत निकै कम बोल्ने स्वभाव तर, बचनको पक्का देखिँदै आएका देउवाले आफूलाई विगत डेढ वर्षको अवधिमा मात्रै दुई पटक धोका दिएका दाहाललाई बालुवाटारबाट खुमलटार पठाउने योजनामा ओलीलाई सरकारको नेतृत्व दिन तयार भएपछि कांग्रेस र एमालेका केही नेताहरुले सहमति पत्रको गृहकार्यलाई तिब्रता दिए।
सोही आधारमा सोमबार देउवा र ओलीबीच मध्यरातमा उक्त सहमतिलाई औपचारिकता दिएसँगै १८ महिना पहिले देशको प्रधानमन्त्री बन्दै पटक पटक सदनबाट घट्दो संख्यामा विश्वासको मत लिँदै आएका दाहाललाई सत्ताच्यूत गर्ने स्थितिको निर्माण बनेको हो।
यसैबिच एमाले अध्यक्ष ओलीले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसमक्ष एमाले र कांग्रेसबिचको पछिल्लो सहमति बमोजिम नयाँ सरकार गठन गरी अघि बढ्न लागेको जानकारी गराउँदै त्यसका लागि मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए।
तर, त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई ठूला दलबीचको सहमतिलाई सहजतापूर्वक नलिई संविधान बमोजिम सदनमा विश्वासको मत लिने प्रक्रियामा अडिग रहने सन्देश बाहिर दिएका छन्। यसरी एकाएक बदलिएको राजनीतिक परिदृश्यले स्पष्ट दिशा लिन बढीमा एक महिनाको समय लाग्ने सम्भावना बढेर गएको छ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












