आजको राशिफल: २०८१ असार २२ गते शनिवार
मेषः उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। पहिलेका समस्या समाधान हुनाले थप अवसर पाइनेछ। निरन्तर लागिपर्दा अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्। साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृषः अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ।
मिथुनः रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कर्कटः आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। खर्च जुटाउन सरसापट लिनुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अलि प्रतिकूल रहनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्।
सिंह: अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्।
कन्याः श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
तुलाः श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।
वृश्चिकः स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुस्ख पाइनेछ।
धनु: अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ।
मकरः व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कुम्भः स्वास्थ्य(चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्। अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
मीनः रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












