प्रधानमन्त्रीले राजीनामा नदिनु संविधान विपरीत, तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ । आइतबार संघीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सरकार स्पष्ट रुपमा अल्पमतमा परेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।
प्रधानमन्त्री दाहालले आगामी असार २८ गते संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।
‘कांग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । यस महत्त्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली कांग्रेसले जुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । यसप्रति एमालेको यस संसदीय दलको बैठकले कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं ।
त्यसैगरी यो सरकारलाई दिएको समर्थन एमालेलगायतका विभिन्न राजनीतिक दलहरूले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ, एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने,यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन । त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अबिलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई, काम चलाउ प्रधानमन्त्रीको रुपमा रहेको प्रधानमन्त्रीलाई अबिलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रसस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ । त्यो माग गरेको छ ।
प्रमुख सचेतक बर्तौलाले अल्पमतमा रहेको सरकारले दूरगामी प्रभाव पर्ने निर्णय गरेकोप्रति पनि आपत्ति जनाएको जानकारी दिए । वर्तमान सरकारले कुनै पनि निर्णय गर्ने हैसियत नराख्ने उनको भनाइ थियो । मत गुमाएको सरकारले अहिले पनि विभिन्न निर्णयहरू गर्नु त्यो राष्ट्रिय हित विपरीत हुन्छ ।संविधान विपरीत हुन्छ । त्यसकारण कुनै पनि निर्णय नगर्नका लागि सरकारलाई हाम्रो बैठकले सचेत गराएको छ, बर्तौलाले भने, हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्यूलाई आजै अहिले नै, अविलम्ब राजीनामा दिन हामो सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ त्यो, हाम्रो माग हो । विश्वासको मत नलिई तत्काल राजीनामा गर्नुपर्ने एमाले संसदीय दलको बैठकले माग गरेको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












