प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दुई दलबिच भएको सहमतिलाई संसदीय दलको बैठकले अनुमोदन गरेको पनि जानकारी दिए ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले मुलुकमा कतिपय अवस्थामा आउने यस्ता असामान्य क्षणलाई कतिपयले असामान्य गठबन्धनको रूपमा त कतिपय परिस्थितिको उपजको रूपमा व्याख्या गर्ने गरेका बताए। ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख राजनीतिक दलबिच सत्ता साझेदारी गर्नु राम्रो होइन, यो पटक–पटक गरिने विषय पनि होइन, देश सङ्कटमा पर्न लागेका बेला हामीले यस्ता ऐतिहासिक निर्णय गर्दैआएका छौँ’ उनले भने ।
भट्टराईले एमाले र नेपाली कांग्रेसबिच २०४६ सालमा ऐतिहासिक सहमति नभएको भए बहुदलीय व्यवस्था प्राप्त हुन अझै ढिलो हुन सक्ने स्मरण गराए । २०४७ को संविधान कांग्रेस र एमाले मिलेर बनाएको पनि नबिर्सन उनले सांसदहरूलाई स्मरण गराए ।
माओवादी सशस्त्र द्वन्द्वको कारण देश उकुसमुकुस भएको अवस्थामा देशमा शान्ति स्थापना गर्न पनि एमाले र कांग्रेस एक ठाउँमा उभिएको उनले बताए । त्यसैको जगमा संविधान सभाबाट संविधान लेखिएको कुरा नबिर्सन उनले आग्रह गरे। ‘ऐतिहासिक कालखण्डमा हामी दुईवटा पार्टी सहमतिका साथ अघि बढेका छौँ’ उनले भने ।
२०७९ को निर्वाचनपछि एमाले प्रतिपक्षमा बस्नु पर्छ भन्ने मनस्थितिमा रहेको भए पनि एमालेविरुद्ध बनेको गठबन्धनले काम गर्न नसकेपछि एमालेले प्रचण्डलाई समर्थन गरेको उनले बताए । त्यो सहकार्यलाई एमालेले लामो समयसम्म लैजान चाहेको भए पनि प्रचण्ड एकाएक सहमति तोडेर कांग्रेससँग मिल्न जाँदा एमाले प्रतिपक्षमा पुगेको उनले स्मरण गराए ।
काँग्रेससँगको सहकार्यलाई एमालेले २०८४ सम्म लैजाने उनले विश्वास दिलाए । एउटासँग सहमति गर्ने र अर्को समीकरण बनाउन लागि हाल्ने प्रचण्डको स्वभावको कारण अहिलेको परिस्थिति सिर्जना भएको भट्टराईले टिप्पणी गरे। संविधान कार्यान्वयनको क्रममा देश यसको सिंहावलोकन गर्ने अवस्थामा आइपुगेको भट्टराईले बताए । संविधानका कतिपय विषयमा पुनरावलोकन गर्ने स्थिति आएको उनले स्पष्ट पारे ।
देशमा सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल गरी समयअनुसार संविधान परिमार्जन गर्न आवश्यक रहेको भट्टराईले बताए । यो परिस्थितिमा फेरि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनु पर्ने स्थिति आएको उनले स्पष्ट पारे। एमालेले अहिलेको समीकरण जोगाउन हदैसम्म लचक भएको बताउँदै भट्टराईले प्रधानमन्त्री प्रचण्डले त्यसलाई कमजोरीको रूपमा लिएको बताए। प्रधानमन्त्रीको जादुमय अङ्कले एमालेप्रति नै अविश्वास गर्न थालेपछि एमाले बाध्य भएर कांग्रेससँगको समीकरणमा पुगेको उनले स्पष्ट पारे।
अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकारकै भए पनि त्यसको नेतृत्व प्रचण्डले गर्न नसक्ने उनले स्पष्ट पारे । प्रचण्ड कांग्रेस र एमालेलाई रोटे पिङ घुमाएजस्तै गरी घुमाउने र आफ्नो सत्ता लम्याउने षडयन्त्र गरेको भट्टराईले आरोप लगाए । मुलुकको आत्मविश्वास बढाउन र देशलाई लयमा फर्काउन कांग्रेस–एमाले एक ठाउँमा उभिएको उनले बताए।
प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाइसकेको बताउँदै उनले संसदबाट राजीनामा घोषणा गर्न उनले आग्रह गरे । उनले कांग्रेस–एमालेले सुरु गरेको राष्ट्रिय सहमतिको सरकार बनाउने अभियानमा साथ दिन सबै राजनीतिक दललाई आग्रह गरे ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












