राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य रामचन्द्र श्रेष्ठ गत असार १४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनयन भएका छन्। युवा तथा खेलकुद मन्त्रालय मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरि कुशल खेल व्यवस्थापक तथा राष्ट्रिय तेक्वान्दो खेलाडी श्रेष्ठ र पोखराका मधुसुदन सुवेदीलाई मनोनयन गरेका हुन्।
युवा तथा खेलकुद मन्त्री श्रेष्ठले राखेपको सदस्यमा यी दुई जना खेलाडीलाई दक्षिण कोरियाको भ्रमणमा जानुअघि मनोनित गरेका थिए, तर यसको जानकारी भने ढिला गरी सार्वजनिक भएको छ ।
मन्त्री श्रेष्ठले पारा खेलकुदको कोटामा पारालम्पिक कमिटीका रामचन्द्र श्रेष्ठ र विश्वविद्यालय कोटामा पोखराका मधुसुदन सुवेदीलाई मनोनित गरेका छन् । उनीहरु दुवै जनालाई गत असार १४ गते मनोनित गरिएको हो । श्रेष्ठ राष्ट्रिय पारालम्कि कमिटी नेपालका केन्द्रीय सदस्य समेत रहेका छन् । यसैगरी गण्डकी विश्वविद्यालयका सुवेदी विश्वविद्यालय कोटामा सदस्य मनोनित भएका हुन् । उनी विश्वविद्यलायको स्नातक तह खेलकुद व्यवस्थापन संकायको संयोजक रहेका छन् । श्रेष्ठ खेलको कुशल व्यवस्थापक मानिन्छन्। मनोनित श्रेष्ठ नेपाल ड्राइभिङ स्कुल संघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् ।
राखेपले तेक्वान्दोको अन्तरास्ट्रिय खेलकुदमा सहभागी हुँदा श्रेष्ठलाई व्यवस्थापन र कविराज नेगीलाई प्रमुख प्रशिक्षकमा पठाउने गर्दै आएको छ। उनको कार्यकालमा नेपाल तेक्वान्दो संघले उल्लेखनीय प्रगति गरेको छ। श्रेष्ठ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं श्री डेडिथुम्का माध्यमिक विध्यालय मण्डन देउपुर- ९ काभ्रेपलान्चोकको व्यवस्थापन समितिको पनि अध्यक्ष रहेका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कार्यालयमा नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य श्रेष्ठलाई खादा लगाई स्वागत गरेको थियो।
राखेपले १९ ओैं एशियाली खेलकुद र चौथो एशियाली पारा खेलकुदमा पदक जित्ने खेलाडी,प्रशिक्षक र व्यवस्थापक लगायतलाई पुरस्कृत गरि प्रोत्साहित गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। १९औं एसियाली खेलकुद र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडीहरूलाई गत असार २ गते मन्त्रालयले नगद रकम र प्रमाणपत्र सहित पुरस्कार दिएको थियो।
चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्वनले १३ लाख रुपैयाँ पाएकी थिइन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार पुरस्कार रकम पाएका थिए । सरकारले खलाडीहरूलाई प्रोत्साहन गर्न गत बैशाख २८ गतेको मन्त्रिपरिषद्को बैठकद्वारा २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












