रवि लामिछानेको पछि लागेर ठूलो गल्ती गरेँ: मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेको पछि लागेर ठूलो गल्ती गरेको बताएका छन् । बुधबार ठूलो बाका छोराको टिम्मुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै लामिछानेसँग दुई वटा नागरिकता र राहदानी भएको र त्यसमा आफूले बचाउन खोजेकोमा पश्चाताप लागेको पनि उनले बताए ।
‘उहाँसँग दुई वटा पासपोर्ट छ,त्यतिबेला उहाँले कानुनी गल्ती गर्नुभएको हो, राजनीतिक गल्ती हैन भनेर म आफै जोगाउन लागेँ’,उनले भने, ‘अब उहाँमाथि छानविन गर्न पार्टीभित्र स्वतन्त्र उच्चस्तरीय छानविन समिति बनाइनु पर्छ । तर त्यो हुदैन,किन हुँदैन भन्दा पार्टी रवि लामिछाने क्लब भएको छ ।’ ढकालले सभापति लामिछाने सहकारी प्रकरणमा जोडिएकाले त्यसमा पनि निस्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । अहिले पार्टी र पार्टीको कार्यालय एलिटहरुको कब्जामा भएको उनको तर्क छ ।
‘डिपी अर्याल सरले केही साथीले दिएको पैसालाई पार्टीमा जम्मा नगरी ऋण तिर्नु छ भनेर आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’ उनले दावी गरे । ‘सहकारीको विषयमा उहाँमाथि कुनै जाहेरी परेको छैन भनियो,हामीले पत्याएका थियौँ,तर अस्ति बिहिबार सम्मानित सर्वोच्च अदालतका दुई न्यायाधीशको बेन्चले रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ भन्ने आशयको राय दिएको छ, अब त्यसमा पनि पार्टीभित्र उहाँमाथि छानविन गरिनुपर्छ’,उनले सुनाए ।
ढकालले उपसभापतिले निलम्बन पत्र थमाउँदैमा आफू पार्टीबाट निश्कासित नभएको पनि दावी गरेका छन् । अहिले पनि आफू रास्वपाको महामन्त्री नै रहेको उनको भनाइ छ । ‘मलाई उपसभापतिबाट निलम्बनको पत्र थमाइयो,त्यो आधिकारिक हुन सक्दैन । म अहिले पनि पार्टी कार्यालयको महामन्त्री कुर्सीमा गएर बस्नसक्छु,तर किन बखेडा गर्नु रु’,उनले थपे ।
उनले उपसभापति डिपी अर्यालले पार्टीको पैसा गोजीमा हालेको पनि आरोप लगाए । ‘डिपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी ऋण तिर्नु छ भनेर आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’ उनले दावी गरे । रास्वपाभित्रको चरम आर्थिक अनियमितता हुने गरेको उनको आरोप छ । लेबीबाट उठेको रकम,सहयोग रकम,आम्दानी रकम पारदर्शी नभएको उनले बताए ।
सोही अवसरमा मुकुल ढकालले रवि लामिछाने अहिले पनि नयाँ गठबन्धन सरकारमा जानका लागि ढुकेर बसेको आरोप लगाए । ‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड,ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ । अहिले भएको यत्ति हो।’
उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताए। ‘तर लाइभ गरिएन। मैले उहाँहरूको असलियत देखाउनका लागि यस्तो माग गरेको थिएँ’ उनले भने ‘कालो टेप लगाउनु गल्ती थियो कि थिएन, थियो भने आत्मालोचना गर्न तयार छु। तर मैले सोचेको थिएँ बैठकभन्दा अघि मसँग कम्तीमा केही समय वार्ता गर्नहुन्छ कि भनेर तर त्यसो भएन र मुखमा कालो टेप लगाएर बसेँ।’
डिपीको आर्थिक अनियमितताको फेहरिस्त
ढकालले पार्टी स्थापना हुँदा पैसाको व्यवस्थापन गर्ने जिम्मा अर्यालले लिएको, तर त्यसयता उनले नै पार्टीको पैसा गोजीमा हाल्न थालेको आरोप लगाएका छन् । ‘मैले पार्टी स्थापना हुँदै गर्दा भनेको थिएँ, पार्टी चलाउन त पैसा चाहिन्छ, के गर्ने हो रु भनेर’, उनले सुनाए, ‘त्यतिबेला उहाँ ९अर्याल० ले मुकुल तिमी पैसाको चिन्ता नगर, तिमी दस्तावेज र राजनीतिमा ध्यान देउ । पैसाको कुरा डिपीको जिम्मा भयो भन्नु भएको थियो ।’
त्यसपछि आफूले पनि विश्वास गरेर कहिल्यै पैसाको कुरा नउठाएको, बरु पारदर्शी हुनुपर्छ है भनेर सम्झाएको बताए । उनले पार्टीको विधान अनुसार अर्यालले आर्थिक पारदर्शिता नदेखाएको दाबी गरे ।‘पार्टी घोषणा हुँदा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा प्रत्येक महिना वा तीनरतीन महिनामा आर्थिक हिसाबकिताव देखाउने घोषणा गरिएको थियो, मैले पनि डीपी अर्याललाई भन्दै आएको हुँ आर्थिक हिसाब–किताब क्लियर गर्दिनुपर्यो, तर उहाँले पार्टी चलिरहकै छ, धेरै नबोल् भन्नुहुन्थ्यो’, उनले थपे ।
दुई हप्ताअघि पार्टीलाई सहयोगको लागि आएको पैसा पनि अर्यालले आफ्नो गोजीमा हालेको ढकालको दाबी छ । ‘डीपी अर्याल सरले केसम्म गर्नु भएको छ भने साथीहरुले दिएको पैसालाई पार्टीमा जम्मा नगरी त्यो पैसा सिधै आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ । यो काम दुई हप्ताअघि मात्रै पनि भएको छ, ऋण तिर्नुछ भनेर पार्टीको पैसा लिएर जानुभएको छ ।’
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












