दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् ।
उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए । गृहमन्त्री रहेका बेला उनले उद्धारमा तीव्रता दिन निर्देश दिएका थिए । गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् । चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनी त्यति ठूलो घटनापछि उनी सिमलताल नपुगेको भन्दै आलोचना भइरहेको थियो ।
लामिछाने मंगलबार बिहान सिमलताल पुगेर घटना विवरण र उद्धारको प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ । दुईवटा बस बगाएको घटनास्थल सिमलताल रविकै निर्वाचन क्षेत्रमा पर्छ । गत शुक्रबार बिहान ३ बजेको समयमा काठमाडौंबाट रौतहटको गौर गइरहेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको पहिरोमा सोहोरिएर त्रिशूलीमा खसेको थियो । जुन काउन्टरबाट टिकट काटेर चढेका ४ जना महिला र २३ जना पुरुष थिए ।
पहिरोले सोहोरेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्सको बस पनि त्रिशूलीमा खसेको थियो । जसमा ५ महिलासहित ३८ जना यात्रुले काउन्टरबाट टिकट काटेर चढेका थिए ।
पहिरोले सोहोरेर त्रिशूलीमा झारेपछि गणपति डिलक्समा सवार ३ यात्रु भने बाँच्न सफल भएका छन् । बेपत्ता बसमा सवार १५ जना यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर दक्षिणस्थित नारायणीमा भेटिएका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












