उपसभामुख इन्दिरा रानाको अक्षम्य भूल
काठमाडौं । गृहमन्त्रीको कुर्सीमा बस्नेहरुबाटै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दा चलाइन्छ । र, त्यसको अनुसन्धान गहिराईमा पुग्दै जाँदा सरकार नै ढल्ने स्थिति आउँछ । राजनीतिक पहुँच र शक्तिको आडमा केसम्म गरिँदो रहेछ भन्ने यस्तै अर्को घटना सार्वजनिक भएको छ ।
बेचन झा पक्राउ परेसँगै भुटानी काण्डले थप चर्चा पाइरहेकै बेला उपसभामुख इन्दिरा रानाले केही व्यक्तिलाई अमेरिकी भीसा दिलाउन पदीय हैसियतको चरम दुरुपयोग गरेको सन्दर्भ हो यो । एक वर्षसम्म लुकाइएको यो तथ्य हिजो जनआस्थाले सार्वजनिक गरेसँगै उपसभामुख राना चर्को विवादमा परेकी छन् ।
रानाले गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासलाई सिधै पत्र लेखेर आफूसहित अरु पाँच जनालाई भीसा मिलाइदिन आग्रह गरेको पत्रसमेत बाहिर आइसकेको छ । उपसभामुखको लेटर हेडमा दूतावासको कन्सुलरलाई सम्बोधन गरी लेखेको पत्रमा सबैलाई एकैचोटी भीसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गरिएको छ । पत्रमा उनी आफैँले दस्तखत गरेकी छन् भने छाप पनि लगाइएको छ ।
तर,त्यसरी सिफारिस गरिएका पाँचै जना गैरसंसदीय व्यक्ति हुन् । प्रतिनिधिहरुको सूची भनेर पहिलो नम्बरमा DA०००७२६ नम्बरको डिप्लोमेटिक पासपोर्टवाहक इन्दिरा रानाको नाम लेखिएको छ । त्यसपछि क्रमश: उपेन्द्र गौतम (PA0569056), सुष्मा लामा (PA0491983),राजेश लामा तामाङ (08441047),सुजन घर्ति मगर (10649389) र धनप्रसाद गुरुङ (11595226) को नाम इन्दिराको बाहुली दस्तखतमा सिफारिस गरिएको छ ।
भुटानी काण्डमा त बरु त्यसबेलाका गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिने कागज बाहिर आएको थिएन,भित्रभित्र सहयोग गरेको भन्ने बुझिएको हो । तर,उपसभामुखले त आफैँले हस्ताक्षर गरेर मान्छे ओसार्न खोजेको देखिन्छ ।
अमेरिकाको न्युयोर्क शहरमा मार्च ६ देखि १७ सम्म आयोजना हुने एनजीओको एउटा उच्चस्तरीय कार्यक्रममा भाग लिन जान लागेको उल्लेख गरिएको पत्रमा टिमका सबै सदस्यले भीसा पाउनु जरुरी रहेको आशय व्यक्त गरिएको छ । उपसभामुख रानाले महिला सशक्तिकरण कार्यक्रममा भाग लिन जान लागेको बताएकी छन् । जबकि भीसा प्राप्तिको आग्रह गर्दै लेखिएको सो पत्रमा उनी र अर्को एकजना बाहेक सबै पुरुष छन् ।
यो घटना सार्वजनिक भएपछि उपसभामुख रानाको चर्को आलोचना भएको छ । राज्यको उच्च भूमिकामा रहेको व्यक्तिले राष्ट्रकै बेइज्जत हुनेगरी भीसाका लागि विदेशीसँग हात पसारेको भन्दै धेरैले यसलाई अशोभनीय हर्कत भनेका छन् । सभामुख देवराज घिमिरे, संसद सचिवालय,विभिन्न राजनीतिक दलका नेताहरुले समेत यसप्रति चासो राखेका छन् ।
एकजना सांसदले त यो घटनालाई अर्को भुटानी काण्डको संज्ञा दिए । उपसभामुख रानालाई राजीनामा दिन सुझाव दिँदै उनले भने,’भुटानी काण्डमा त बरु त्यसबेलाका गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिने कागज बाहिर आएको थिएन,भित्रभित्र सहयोग गरेको भन्ने बुझिएको हो । तर,उपसभामुखले त आफैँले हस्ताक्षर गरेर मान्छे ओसार्न खोजेको देखिन्छ ।’
यो पदमा बसेर यस्तो विवादास्पद काम गर्न नमिल्ने जनाउँदै उनले राजीनामा नदिए महाभियोग लगाएर हटाउने ती सांसदको चेतावनी छ ।उपसभामुखको कुर्सीमा बसेर रानाले राज्य संयन्त्रलाई ढाँटछल गरेको प्रष्टै बुझिन्छ । किनभने राज्यका उच्च पदस्थ व्यक्तिहरुको वैदेशिक भ्रमणको सबै तयारी सरकारी संयन्त्रमार्फत हुनुपर्छ ।
संवैधानिक परिषद सदस्यसमेत रहने उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्र मन्त्रालयबाट भीसा लगायतका प्रक्रिया अघि बढ्ने हो । तर, उपसभामुख रानाले यो सबै प्रक्रिया मिचेर आफैँले दूतावासलाई पत्र लेखेपछि विवादमा परेकी हुन् । यसअघि पनि समाजसेवाका नाममा उनका कतिपय गतिविधि विवादमा पर्ने गरेको थियो । समाचार श्रोत: जनआस्था डट कम (साहस न्यौपाने)
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












