उपसभामुख इन्दिरा रानाको अक्षम्य भूल
काठमाडौं । गृहमन्त्रीको कुर्सीमा बस्नेहरुबाटै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दा चलाइन्छ । र, त्यसको अनुसन्धान गहिराईमा पुग्दै जाँदा सरकार नै ढल्ने स्थिति आउँछ । राजनीतिक पहुँच र शक्तिको आडमा केसम्म गरिँदो रहेछ भन्ने यस्तै अर्को घटना सार्वजनिक भएको छ ।
बेचन झा पक्राउ परेसँगै भुटानी काण्डले थप चर्चा पाइरहेकै बेला उपसभामुख इन्दिरा रानाले केही व्यक्तिलाई अमेरिकी भीसा दिलाउन पदीय हैसियतको चरम दुरुपयोग गरेको सन्दर्भ हो यो । एक वर्षसम्म लुकाइएको यो तथ्य हिजो जनआस्थाले सार्वजनिक गरेसँगै उपसभामुख राना चर्को विवादमा परेकी छन् ।
रानाले गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासलाई सिधै पत्र लेखेर आफूसहित अरु पाँच जनालाई भीसा मिलाइदिन आग्रह गरेको पत्रसमेत बाहिर आइसकेको छ । उपसभामुखको लेटर हेडमा दूतावासको कन्सुलरलाई सम्बोधन गरी लेखेको पत्रमा सबैलाई एकैचोटी भीसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गरिएको छ । पत्रमा उनी आफैँले दस्तखत गरेकी छन् भने छाप पनि लगाइएको छ ।
तर,त्यसरी सिफारिस गरिएका पाँचै जना गैरसंसदीय व्यक्ति हुन् । प्रतिनिधिहरुको सूची भनेर पहिलो नम्बरमा DA०००७२६ नम्बरको डिप्लोमेटिक पासपोर्टवाहक इन्दिरा रानाको नाम लेखिएको छ । त्यसपछि क्रमश: उपेन्द्र गौतम (PA0569056), सुष्मा लामा (PA0491983),राजेश लामा तामाङ (08441047),सुजन घर्ति मगर (10649389) र धनप्रसाद गुरुङ (11595226) को नाम इन्दिराको बाहुली दस्तखतमा सिफारिस गरिएको छ ।
भुटानी काण्डमा त बरु त्यसबेलाका गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिने कागज बाहिर आएको थिएन,भित्रभित्र सहयोग गरेको भन्ने बुझिएको हो । तर,उपसभामुखले त आफैँले हस्ताक्षर गरेर मान्छे ओसार्न खोजेको देखिन्छ ।
अमेरिकाको न्युयोर्क शहरमा मार्च ६ देखि १७ सम्म आयोजना हुने एनजीओको एउटा उच्चस्तरीय कार्यक्रममा भाग लिन जान लागेको उल्लेख गरिएको पत्रमा टिमका सबै सदस्यले भीसा पाउनु जरुरी रहेको आशय व्यक्त गरिएको छ । उपसभामुख रानाले महिला सशक्तिकरण कार्यक्रममा भाग लिन जान लागेको बताएकी छन् । जबकि भीसा प्राप्तिको आग्रह गर्दै लेखिएको सो पत्रमा उनी र अर्को एकजना बाहेक सबै पुरुष छन् ।
यो घटना सार्वजनिक भएपछि उपसभामुख रानाको चर्को आलोचना भएको छ । राज्यको उच्च भूमिकामा रहेको व्यक्तिले राष्ट्रकै बेइज्जत हुनेगरी भीसाका लागि विदेशीसँग हात पसारेको भन्दै धेरैले यसलाई अशोभनीय हर्कत भनेका छन् । सभामुख देवराज घिमिरे, संसद सचिवालय,विभिन्न राजनीतिक दलका नेताहरुले समेत यसप्रति चासो राखेका छन् ।
एकजना सांसदले त यो घटनालाई अर्को भुटानी काण्डको संज्ञा दिए । उपसभामुख रानालाई राजीनामा दिन सुझाव दिँदै उनले भने,’भुटानी काण्डमा त बरु त्यसबेलाका गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिने कागज बाहिर आएको थिएन,भित्रभित्र सहयोग गरेको भन्ने बुझिएको हो । तर,उपसभामुखले त आफैँले हस्ताक्षर गरेर मान्छे ओसार्न खोजेको देखिन्छ ।’
यो पदमा बसेर यस्तो विवादास्पद काम गर्न नमिल्ने जनाउँदै उनले राजीनामा नदिए महाभियोग लगाएर हटाउने ती सांसदको चेतावनी छ ।उपसभामुखको कुर्सीमा बसेर रानाले राज्य संयन्त्रलाई ढाँटछल गरेको प्रष्टै बुझिन्छ । किनभने राज्यका उच्च पदस्थ व्यक्तिहरुको वैदेशिक भ्रमणको सबै तयारी सरकारी संयन्त्रमार्फत हुनुपर्छ ।
संवैधानिक परिषद सदस्यसमेत रहने उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्र मन्त्रालयबाट भीसा लगायतका प्रक्रिया अघि बढ्ने हो । तर, उपसभामुख रानाले यो सबै प्रक्रिया मिचेर आफैँले दूतावासलाई पत्र लेखेपछि विवादमा परेकी हुन् । यसअघि पनि समाजसेवाका नाममा उनका कतिपय गतिविधि विवादमा पर्ने गरेको थियो । समाचार श्रोत: जनआस्था डट कम (साहस न्यौपाने)
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












