बागमती प्रदेश सरकारले पायो पूर्णता: को को बने मन्त्री ?
काठमाडौं। मन्त्रालय संख्या थपेसँगै अन्ततः बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाले काँग्रेसका तर्फबाट थप ४ जना मन्त्री नियुक्त गरेपछि शनिबारबाट प्रदेश सरकारकाले पूर्णता पाएको हो । साउन ९ गते बुधवार मुख्यमन्त्री लामासँगै एमालेका ६ र काँग्रेसका ३ जना मन्त्रीले सपथ ग्रहण गरेका थिए । शनिबार काँग्रेसका तर्फबाट थप ४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले काँग्रेसका तर्फबाट हरि प्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका हुन् । खड्गीले सामाजिक विकास मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ठकुरीले पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि विना विभागीय मन्त्री बनेका श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ, कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । ९ गते नै मन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठको भने अझै जिम्मेवारी तोकिएको छैन । अब बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ बाट १४ पुगेको छ ।
बागमती प्रदेशमा काँग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । आन्तरिक भागबण्डा नमिलेका कारण यस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अन्यौलता रहँदै आएको थियो । १० गते मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि अन्तिम समयमा सपथ ग्रहण कार्यक्रम नै रोकिएको थियो ।
मुख्यमन्त्री सहित मन्त्री नामावली यसप्रकार छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












