पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बसको खोजी राक्ने तयारी
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको शनिबार १७ दिन पुग्यो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो ।
दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् । दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेका छन् ।
लगातार १५ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनिसकेका छन् । भारतीय टोली आइतवार फर्किने तयारीमा छ । निरन्तर रुपमा बसको खोजीमा जुटेका एक सुरक्षा अधिकृत भन्छन्, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ, सायद अरुलाई पनि अब थाहा भयो होला, परिवारले पनि आश मारे । तर हामी निरन्तर यसमा लागिरहेका छौं ।’
बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल छ । ती सुरक्षा अधिकृत भन्छन्, ‘यति दिन खोज्ने भन्ने त्यस्तो केही छैन, जबसम्म माथिबाट खोजी अब रोक्नु भनेर आउँदैन तबसम्म हामीले रोक्ने कुरा भएन ।’
२०७३ असोज ९ गते पोखराबाट काठमाडौं जाँदै गर्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार मुग्लिनदेखि केही अगाडिको घोप्टेभीरबाट त्रिशूलीमा खसेको थियो । उनी र भाइहरु प्रकाश र मदन पनि नदीमा बेपत्ता भए । दुई हप्तासम्म खोजी गर्दा पनि उनीहरुको अवस्था पत्ता नलागे पछि सरकारको खोजी कार्य नै रोक्यो । परिवारले कुशको शव बनाएर दाहसंस्कार गरे
घिमिरेको गाडी असोज महिनामा त्रिशूलीमा पानीको बहाब अहिलेको भन्दा सानो हुँदा खसेको हो । त्यहाँबाट त्रिशूली नदी अहिले बस खसेको ठाँउसम्म आउँदा बीचमा मर्स्याङ्दी मिसिएर झन् ठूलो भएको छ । घटनास्थलबाट केही किलोमिटर तल त्रिशूलीमा सेती नदी पनि मिसिएको छ ।अहिले मध्य बर्खा पनि भएकाले पानीको तीव्रबहाव छ र नदी धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्ष निकालिएको ती सुरक्षा अधिकृतले बताए ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरुको प्रयासले बस भेटिने कुनै सम्भावना नरहेको जानकारी माथिल्लो निकायमा गराइसकेको बताए ।
घटनास्थल र त्यसभन्दा तल ३० किलोमिटरसम्म निरन्तर खोजी गर्दा पनि बस भेटिने सम्भावना निकै कम रहेको र खोजी गर्न समस्या भएको रिपोर्टिङ माथिल्लो निकायमा गरिएको प्रजिअ यादवले बताए ।‘भोलिबाट थप खोज्ने वा रोक्ने भन्ने निर्णय आउँछ भन्ने विश्वास छ’, उनले भने, ‘अहिलेको समग्र अवस्थाको बारेमा जानकारी गराएका छौं ।’
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











