पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बसको खोजी राक्ने तयारी
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको शनिबार १७ दिन पुग्यो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो ।
दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् । दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेका छन् ।
लगातार १५ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनिसकेका छन् । भारतीय टोली आइतवार फर्किने तयारीमा छ । निरन्तर रुपमा बसको खोजीमा जुटेका एक सुरक्षा अधिकृत भन्छन्, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ, सायद अरुलाई पनि अब थाहा भयो होला, परिवारले पनि आश मारे । तर हामी निरन्तर यसमा लागिरहेका छौं ।’
बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल छ । ती सुरक्षा अधिकृत भन्छन्, ‘यति दिन खोज्ने भन्ने त्यस्तो केही छैन, जबसम्म माथिबाट खोजी अब रोक्नु भनेर आउँदैन तबसम्म हामीले रोक्ने कुरा भएन ।’
२०७३ असोज ९ गते पोखराबाट काठमाडौं जाँदै गर्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार मुग्लिनदेखि केही अगाडिको घोप्टेभीरबाट त्रिशूलीमा खसेको थियो । उनी र भाइहरु प्रकाश र मदन पनि नदीमा बेपत्ता भए । दुई हप्तासम्म खोजी गर्दा पनि उनीहरुको अवस्था पत्ता नलागे पछि सरकारको खोजी कार्य नै रोक्यो । परिवारले कुशको शव बनाएर दाहसंस्कार गरे
घिमिरेको गाडी असोज महिनामा त्रिशूलीमा पानीको बहाब अहिलेको भन्दा सानो हुँदा खसेको हो । त्यहाँबाट त्रिशूली नदी अहिले बस खसेको ठाँउसम्म आउँदा बीचमा मर्स्याङ्दी मिसिएर झन् ठूलो भएको छ । घटनास्थलबाट केही किलोमिटर तल त्रिशूलीमा सेती नदी पनि मिसिएको छ ।अहिले मध्य बर्खा पनि भएकाले पानीको तीव्रबहाव छ र नदी धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्ष निकालिएको ती सुरक्षा अधिकृतले बताए ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरुको प्रयासले बस भेटिने कुनै सम्भावना नरहेको जानकारी माथिल्लो निकायमा गराइसकेको बताए ।
घटनास्थल र त्यसभन्दा तल ३० किलोमिटरसम्म निरन्तर खोजी गर्दा पनि बस भेटिने सम्भावना निकै कम रहेको र खोजी गर्न समस्या भएको रिपोर्टिङ माथिल्लो निकायमा गरिएको प्रजिअ यादवले बताए ।‘भोलिबाट थप खोज्ने वा रोक्ने भन्ने निर्णय आउँछ भन्ने विश्वास छ’, उनले भने, ‘अहिलेको समग्र अवस्थाको बारेमा जानकारी गराएका छौं ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












