मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने पुटिनको चेतावनी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।
“यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ”, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उहाँले भन्नुभयो । उहाँले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताउनुभयो ।
राष्ट्रपति पुटिनले चेतावनी दिँदै भन्नुभयो, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।” पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो ।
तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए ।
पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो ।
जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरे ।
पुटिनले भन्नुभयो, “महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।”रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताउनुभयो ।
शीतयुद्धको सम्झना
“यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रहरूको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ”, पुटिनले भन्नुभयो । सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्रहरू तैनाथ भइरहे ।
तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम गर्यो । प्रस्तावित अमेरिकी तैनाथीको अर्थ युरोपेली राजधानीहरू रुसी क्षेप्यास्त्रहरूका लागि लक्ष्य बन्ने क्रेमलिनले मध्य जुलाईमा चेतावनी दिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले एक सरकारी टिभी संवाददातासँग भन्नुभयो, “हामी शीतयुद्धतर्फ स्थिर कदम चालिरहेका छौँ, शीतयुद्धका सबै विशेषताहरू प्रत्यक्ष टकरावका साथ फर्किरहेका छन् ।”
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











