एक वर्षमा ४२ जना लागुऔषध कारोबारी पक्राउ
काठमाडौं । सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।
गत आर्थिक वर्षमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपीरटिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुईवटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए । भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
सप्तकोशी नदीको जलमार्ग र लागुऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












