जम्बो मन्त्रिपरिषद्ले विवादमा परे मधेशका मुख्यमन्त्री
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहसँग स्प्रष्टीकरण सोधेको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा आवश्यकताभन्दा दोब्बर सदस्य राखेपछि उनलाई जनमतले स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पुष्टि पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले गरेका छन् । मुख्यमन्त्री सिंहलाई संसदीय दलका नेतालाई छाडेर जनमतले मुख्यमन्त्री बनाएको थियो ।
सिंहले यही मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश मन्त्रिपरषद्लाई २० सदस्यीय पुर्याएका थिए । संघीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुन्छ । प्रदेशमै संघको हाराहारी मन्त्रिपरिषद् बनाएपछि जनमत नेतृत्व उनीसँग असन्तुष्ट छ । संघीयतायता जनमतले प्रदेशतर्फ सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाएको छ । बागमतीका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघि प्रदेश सरकार १८ सदस्यीय बनाएका थिए ।
जनमत नेतृत्वले मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थप्दा पार्टीसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई गति दिनेभन्दा उद्घाटन र शिलान्यासमा समय सकेको र पार्टीको निर्देशन पनि अटेर गरेको आरोप जनमतको छ।
मधेशमा १२ मन्त्रालय छन् । मंगलबारसम्म मुख्यमन्त्री सिंहसहित मधेशमा १२ मन्त्री र तीन राज्यमन्त्री थिए। मधेशमा कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित तीन र लोसपाले एक मन्त्रालय लिएका छन् । तर पछि पाँच राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई जम्बो बनाइएको हो । यसबारेमा जनमत अध्यक्ष डा। राउतले आफ्नो एकल सरकार नरहेकाले सबै दललाई चित्त बुझाउँदा मधेशको मन्त्रिपरिषद् जम्बो हुन पुगेको स्पष्टीकरण दिएका थिए ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











