आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे । आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने पनि उनको भनाई थियो ।
उनले देशमा अहिले युवाहरूलाई बेरोजगारीको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए । अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै युवाहरूले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको सिंहले बताए ।
‘अधिकार प्राप्त गर्न पनि आवाज उठाऊँ । तर, आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यान दिऔँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको अवस्थाबाट पार गर्नका लागि संवेदनशील भएर तथ्यलाई केलाएर मात्र हामी राम्रो अवस्थामा जान सक्छौं । आर्थिक,सामाजिक परिवर्तन र पद्धतिमा देशलाई अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।’
अहिले केही भएन भन्ने भाष्य बनाएर दुष्प्रचार गरिएकोतर्फ युवाहरूलाई सचेत रहन आग्रह गर्दै उनले ०४६ र ०६२ र ६३ को परिवर्तनपछि आफ्नो गाउँको अवस्था, बाटोघाटो, स्वास्थ्य र शिक्षाको अवस्थाबारे आफ्नै अभिभावकहरूसँग बुझ्न आग्रह गरे । अहिले भन्दा अझ राम्रो गर्नका लागि नै अहिले सांसदका दुई ठुला दल मिलेर सरकार बनेको पनि उनले बताए ।
उपप्रधानमन्त्री सिंहले अहिले सामाजिक सञ्जालमा आउने खबर सबै सत्य नहुने भन्दै त्यसको तथ्य केलाएर मात्रै धारणा बनाउन पनि युवाहरूलाई आग्रह गरे । ‘आर्टिसिसियल इन्टेसलिजेन्सको जमाना आइसकेको बेलामा डिजिटलाइजेसनमा जानुहुन्न, खराबै छ भन्ने होइन । तर, राम्रो पक्ष र सोच्नुपर्ने कुराहरूमा समयमै ध्यान दिनु राम्रो हुन्छ ,’ उनले भने ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











