ताजा समाचार

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् ।

भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

उनलाई परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी बिहीबार स्वदेश फर्कने तालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org