१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो । आज नेप्से २.११ अंकले बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको छ । आज कारोबार पनि करिब १९ अर्बको भएको छ । बिहीबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये ५ वटा समूहमात्रै बढेको छ भने अन्य बाकी सबै समूह राताम्य रहेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स आज एकै दिन ४.९९ प्रतिशतले बढेर ३९२६.८८ विन्दुमा पुगेको छ । आज ३३७ वटा कम्पनीको शेयर २ लाख १४ हजार ३१९ पटक किनबेच भएको छ ।
Comments
अरु समाचार
-
एमालेले दरबारमार्गमा आज जागरण सभा गर्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह...
-
आजको राशिफल: २०८१ साल मंसिर ७ गते शुक्रवार
मेष:महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि...
-
अल्झनमा नलागेर जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको...
-
इजरायली सेनाको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो
न्युयोर्क । इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा...
-
पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित
बागमती : बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको...
-
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्...
-
आजको राशिफल: २०८१ साल मंसिर ६ गते बिहीवार
मेष अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ। तत्काललाई सानो फाइदा हेर्दा...