इजरायली सेनाले लेबनानका विभिन्न केन्द्रमा गर्यो हवाई आक्रमण
काठमाडौं । इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहरुका विभिन्न केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि इजरायलले आक्रमण सुरु गरेको हो ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेको बताए ।
उनले इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको बताए। करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।
इजरायली विमानले आइन काना, केफर फिला, लुइजेह, बसलिया र केफर मेल्की सहरको बाहिरी भागमा रहेको चकिफ क्यासललाई निशाना बनाएको थियो।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।
इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा मिसाइलहरू प्रहार गरेको छ । हिजबुल्लाहले इजरायलतर्फ देशको उत्तरी भागमा रहेका ११ सैन्य स्थललाई लक्षित गरी ३२० भन्दा बढी रकेट प्रहार गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । आफ्ना सैन्य कमाण्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












