एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि आज निर्वाचन गर्दै
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि निर्वाचन गर्ने भएको छ। गत असार १६(२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।
महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुंग्याउन नसकेको समाजवादीले मंगलबार अर्को चुनाव गर्न लागेको हो । यद्यपि महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका नेपालले केन्द्रीय नेतृत्व सर्वसम्मत छानिको घोषणा प्रज्ञा भवनबाट गरेका थिए ।
तर उनको घोषणाविपरीत अब केन्द्रीय नेतृत्वका दुई तहमा समाजवादीले निर्वाचन गर्न लागेको हो । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्य टुङ्गो लगाउन नसकेपछि निर्वाचनको बाटो रोजिएको हो ।
मंगलबार बिहान ७ बजेदेखि एकीकृत समाजवादीको बैठक बस्ने तालिका छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान हुने छ । सहमति नजुटेपछि केन्द्रीय सदस्यहरूले भोट हाल्ने गरी निर्वाचन हुन लागेको हो। वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने केन्द्रीय सदस्य सुदेश पराजुली बताउँछन् ।
पराजुलीका अनुसार सबैले चुनावमा जाँदा राम्रो हुने कुरा राखेपछि केन्द्रीय नेतृत्व पनि चुनावी प्रक्रिया थाल्न तयार भएको हो । गत असार २० गते एकीकृत समाजवादीको अध्यक्षमा नेपाल दोहोरिएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेतामा यथावत् गरिएको थियो ।
घनश्याम भुसाल महासचिवमै दोहोरिएका थिए । त्यसपछि अन्य पदाधिकारी टुंग्याउन समाजवादी नेतृत्व असफल भएको हो । अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ । एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












