जापानमा शक्तिशाली चक्रवात, उडान र रेल सेवा अवरुद्ध
टोकियो । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।
भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यशहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले मङ्गलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।
मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ। ‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ ।
जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बावजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बडेकाले सहरमा सामान्य क्षति पुगेको छ ।
तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












