युक्रेनले रुसी आक्रमणको जवाफ दिने जेलेन्स्कीको चेतावनी
मस्को । रुसको पछिल्लो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने बताउनुभएको छ । रुसको आक्रमणमा चार जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सही ढङ्गले त्यसको जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनमा गएरातिदेखि रुसले गरेको आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।
यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले हिजोदेखि युक्रेनका नागरिक र पूर्वाधारलाई लक्षित गरी ९० पटक हवाई आक्रमण गरेको बताउनुभएको छ । यसमा कम्तीमा ८१ ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल रहेका खबरमा उल्लेख छ ।
जेलेन्स्कीले रुसको वर्तमान र विगतका आक्रमणहरूको जवाफ पक्कै दिने तथा मानवताविरुद्धको अपराधलाई नछोडिने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । युक्रेनको वायुसेनाले रुसको पाँच वटा मिसाइल र ६० वटा ड्रोन खसालेको दाबी गरेको छ ।
युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा अर्को चरणको आक्रमण शुरू गरेको हो । हिजो युक्रेनको आधाभन्दा बढी क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण हुँदा सात जनाको ज्यान गएको थियो भने कैयौं व्यक्ति घाइते भएका थिए ।
युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












