सुन्दरीजल घुम्न जाऊँ भनेर एक युवकले गरे आफ्नै प्रेमिकाको हत्या
काठमाडौं । सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्याएपछि हत्या गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रेमिकाको हत्या गरेको अभियोगमा उनका प्रेमी र साथीलाई पनि पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी नामकी युवतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले उनका प्रेमी भनिएकासहित २ जनालाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय रामविनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन् । रामविनय ज्यान गुमाएकी युवतीका प्रेमी रहेको खुलेको छ।
प्रहरीका अनुसार ती युवतीको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बोक्से दहको ढुंगाको च्याप बिहीबार स्थानीयले देखेका थिए ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुवैजनालाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका रामविनयको सन्तोष राम पनि संलग्न भएर युवतीलाई सुन्दरीजल पुर्याएपछि डिलबाट धकेलेर लडाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डिलबाट लडाएपछि युवतीको टाउकोमा ढुंगाले हानेर ज्यान लिइएको थियो ।
उनीहरूले ती रामविनयकी प्रेमिका रहेकी ती युवतीको हत्यापछि बोक्से दहको ढुंगाको च्यापमा शवलाई लुकाइदिएका थिए । रामविनयले घुम्न जाने प्रस्ताव गरेपछि सुन्दरीजल पुगेकी प्रेमिकाले प्रेमी र उनका साथीको हातबाट ज्यान गुमाउनु परेको निष्कर्ष प्रहरीले निकालेको छ। दुवैजनालाई कर्तव्य ज्यान अभियोगमा आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको छ ।
सडकमा बसेर जुत्ता सिलाउने रामविनय र मजदुरी गर्ने राम दुलारी प्रेमसम्बन्धमा थिए । तर यी दुईजनाबीचको विवादबारे प्रहरीले केही खुलाएको छैन ।
प्रहरीले तत्काल मृतक युवतीको नाम, थर, वतन खुल्ने विवरण तथा कागजात केही फेला नपरेपछि अनुसन्धानमा समस्या भएको जनाएको छ । तर प्राविधिक पक्ष तथा स्थानीयले दिएको सूचना र सीसीटीभी फुटेजकासमेत आधारमा अनुसन्धान गर्ने क्रममा ती दुईजनलाई पक्राउ गर्न सफल भएको हो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












