सुन्दरीजल घुम्न जाऊँ भनेर एक युवकले गरे आफ्नै प्रेमिकाको हत्या
काठमाडौं । सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्याएपछि हत्या गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रेमिकाको हत्या गरेको अभियोगमा उनका प्रेमी र साथीलाई पनि पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी नामकी युवतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले उनका प्रेमी भनिएकासहित २ जनालाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय रामविनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन् । रामविनय ज्यान गुमाएकी युवतीका प्रेमी रहेको खुलेको छ।
प्रहरीका अनुसार ती युवतीको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बोक्से दहको ढुंगाको च्याप बिहीबार स्थानीयले देखेका थिए ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुवैजनालाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका रामविनयको सन्तोष राम पनि संलग्न भएर युवतीलाई सुन्दरीजल पुर्याएपछि डिलबाट धकेलेर लडाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डिलबाट लडाएपछि युवतीको टाउकोमा ढुंगाले हानेर ज्यान लिइएको थियो ।
उनीहरूले ती रामविनयकी प्रेमिका रहेकी ती युवतीको हत्यापछि बोक्से दहको ढुंगाको च्यापमा शवलाई लुकाइदिएका थिए । रामविनयले घुम्न जाने प्रस्ताव गरेपछि सुन्दरीजल पुगेकी प्रेमिकाले प्रेमी र उनका साथीको हातबाट ज्यान गुमाउनु परेको निष्कर्ष प्रहरीले निकालेको छ। दुवैजनालाई कर्तव्य ज्यान अभियोगमा आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको छ ।
सडकमा बसेर जुत्ता सिलाउने रामविनय र मजदुरी गर्ने राम दुलारी प्रेमसम्बन्धमा थिए । तर यी दुईजनाबीचको विवादबारे प्रहरीले केही खुलाएको छैन ।
प्रहरीले तत्काल मृतक युवतीको नाम, थर, वतन खुल्ने विवरण तथा कागजात केही फेला नपरेपछि अनुसन्धानमा समस्या भएको जनाएको छ । तर प्राविधिक पक्ष तथा स्थानीयले दिएको सूचना र सीसीटीभी फुटेजकासमेत आधारमा अनुसन्धान गर्ने क्रममा ती दुईजनलाई पक्राउ गर्न सफल भएको हो ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











