विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै
काठमाडौं । विश्व बैंकको अनुदान सहयोगमा तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन्। गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति सुरु भएको हो।
स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनको भनाइ छ।
वि.सं.२०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबिच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ। विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
नगरभित्र सडक कालोपत्र गर्न पहिलोपटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका छन्।
“नगरपालिकामा यति ठूलो योजना कार्यान्वयनमा गएको पहिलो पटक हो, सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ”, श्रेष्ठले भने, “ठेक्का सम्झौता गरेको भोलिपल्टदेखि व्यवसायी काममा खटिनुभएको छ, निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ।”
नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको छ। सडक निर्माणको जिम्मा आशिष/फेवा जेवीले लिएको छ। नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेलसम्बन्धी हुने अपेक्षा गरिएको छ। उक्त सडक प्रविधिमैत्रीसमेत हुनेछन्।
उक्त सडक आठ मिटर चौडा हुनेछन् भने तीन सडकको लम्बाई १३ किमी हुनेछ। देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाएका बागलुङ नगरपालिकाले जनाएको छ।
अहिले तीनवटै सडक चौडा पार्न, पर्खाल लगाउने काममा दुई सय मजदुर, आठवटा ठूला स्काभेटर परिचालन गरिएको निर्माण व्यवसायी आशिष फेवा जेवीका राजेन्द्र पहाडीले बताए। भारी वर्षाका कारण काम गर्न समस्या भइरहेको भन्दै वर्षा रोकिएपछि पुनः कामको गतिलाई वृद्धि गरिने उनको भनाइ छ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












