बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी पर्न कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिममा भने आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।
गएरातिदेखि नै पानी पर्न कम भए पनि महाकाली नदीमा भने बाढी उस्तै छ । महाकाली नदी अन्तर्गत डडेलधुराको जोगबुढा वर्षामापन केन्द्रमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सयभन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग र केआई सिंह राजमार्ग अबरुद्ध भएको छ ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन...
-
मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, कार्यतालिका सार्वजनिक
काठमाडौं। नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन...
-
प्रधानमन्त्री ओली र सिपिसी अध्यक्षबीच भेटवार्ता
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच...
-
चितवनको लगातार दोस्रो जित
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य...
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच शिष्टाचार भेट
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा...
-
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् । चीनको औपचारिक...
-
एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ।...
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी आठ सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर...
-
मित्रराष्ट्र चीनमा प्रधानमन्त्री ‘ओली’
नेपाल–चीन प्रधानमन्त्रीस्तर: भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले मङ्गलबार ग्रेट हल अफ पिपलमा...