चीनको सिनिङमा नेपाली पत्रकार टोलीको जमघट, चिनियाँ चाडको अनुभव बटुल्दै
काठमाडौं । चीनमा आगामी मंगलबार मध्य शरद पर्व मनाईंदैछ । चन्द्र महोत्सव वा मुन केक महोत्सवको नामले समेत चिनिने परम्परागत पर्वलाई चिनियाँ संस्कृतिमा फसल अर्थात अनाज चाड पनि भनिन्छ ।
आइतवारदेखि चीनको पश्चिम भेगस्थित छिङहाइ प्रान्तको भ्रमणमा रहेको नेपाली लेखक तथा सञ्चारकर्मीहरुको टोली प्रान्तीय राजधानी सिनिङमा उक्त चाडको पूर्वार्धमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ । स्थानीय चोङह्वा लेनस्थित १० हजार वासिन्दाको बृहत सेवा केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीे नेपाली पाहुना टोलीले केक बनाउने,पेपर कटिङ,परम्परागत लेखन,चित्र प्रदर्शनीलगायत कार्यक्रम उत्सुकतापूर्वक अवलोकन गरेको छ ।
त्यसअघि टोलीले छिङहाई जातीय विश्वविद्यालय भ्रमण गरेको थियो । प्राध्यापक छियान चियाङ्कोेले ‘दूरका मित्र नभेटेसम्म आनन्द आउँदैन’ भन्ने कन्फुसियसको भनाई उल्लेख गर्दै नेपाली टोलीको स्वागत गरेका थिए । उक्त औपचारिक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलका सदस्य र विश्वविद्यालयका पदाधिकारीहरुबीच भाषा सिकाइ,शैक्षिक अवसर र प्राज्ञिक आदानप्रदानलगायत विभिन्न विषयमा कुराकानी भएको थियो ।
छिङहाई मिन्चु विश्वविद्यालय र तोङह्वा विज्ञान तथा प्रविधि विश्वविद्यालयको संयुक्त पहलमा त्रिभुवन विश्वविद्यालयमा सन् २०२२ देखि कन्फुसियस इन्ष्टिच्युट सन्चालित छ । त्यसका लागि सन् २०१६ मा छिङहाई विश्वविद्यालयका पदाधिकारीहरुले नेपाल भ्रमण गर्दै सो क्रममा विभिन्न अन्तरर्वार्ता, आदानप्रदान,अनुसन्धान र द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए । अहिले त्यहाँ भएको लेखक तथा पत्रकारहरुको यो भ्रमणलाई पनि सोही आदानप्रदानको एउटा अंशको रुपमा लिइएको छ।
टोली प्रमुख तथा जनआस्था मिडिया हाउसका अध्यक्ष किशोर श्रेष्ठले नेपालको कन्फुसियस इन्ष्टिच्युटबाट नेपाली सञ्चारकर्मीहरुले चिनियाँ भाषा अध्ययनमार्फत ठूलो लाभ लिन सक्ने जानकारी दिएका छन् । उनले भने,‘नेपालमा चिनियाँ भाषा शिक्षा र कन्फुसियस इन्ष्टिच्युटलाई थप विस्तार गर्दै दुई मुलुकबीच राज्य र जनस्तरमा कायम रहेको सञ्चारको परम्परागत माध्यमलाई फराकिलो बनाउन सकिन्छ ।’
छिङहाई विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक कलेजका निर्देशक चाङ हाइयुनले नेपाली टोली प्रमुख श्रेष्ठको भनाईमा जोड दिँदै त्यसमा चिनियाँ पक्ष तयार रहेको बताए । उनका अनुसार इन्ष्टिच्युटले सन् २०२३ मा सञ्चालन गरेको १५ अनलाइन तथा अफलाइन कक्षामा सात सय बढी विद्यार्थी सहभागी भएका थिए । सोही अवधिमा पछिल्लो दशकमा भएका नेपाली र चिनियाँ कला प्रदर्शनी र चिनियाँ चलचित्र सप्ताहबाट प्राप्त उपलब्धीसम्बन्धी सांस्कृतिक गतिविधि सञ्चालन गरिएको जानकारी दिइयो । टोलीको सम्मानमा प्रान्तीय बिदेश बिभाग प्रमुख वाङ्गले हिजो र आज ह्वाङ्ग्नान काउन्टीका पार्टी प्रचार बिभाग प्रमुख सोङ्गले रात्रीभोज आयोजना गरेका थिए ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...












