काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित ‘चीन नेपाल मिडिया सम्मेलन २०२४’ यही असोज १० गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको छ ।
विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस सम्मेलनको यो तेस्रो संस्करण हो । चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित रहने यस सम्मेलनको मुल नारा ‘आपसी सहयोग र जितको सहकार्य’ रहेको छ ।
सम्मेलनमा चीन र नेपालका अधिकारी, मिडियाकर्मी, विशेषज्ञ र विद्वानहरूले संवाद र मन्तव्यहरू पस्कने छन् । कार्यक्रममा मिडिया एकीकरण, नवीनतम विकास, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयहरूमा गहिरो छलफलहरू हुने छन् । साथै दक्षिण एसियाली मिडियाको भविष्य र यसको विकासका लागि संयुक्त रूपमा सुझावहरू आदान प्रदान गरिनेछ ।
तेस्रो चिन नेपाल मिडिया सम्मेलन २०२४ को अवसरमा चिनिया समाचार एजेन्सी सिन्ह्वा, सिसि टिभी, तिब्बत मिडिया ग्रुप लगायत नेपालमा रहेका ३० भन्दा बढी चिनियाँ संस्था, उद्यम र कम्पनीहरू सहभागी हुने छन् भने नेपालतर्फबाट राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन,कान्तिपुर, जनआस्था, देश सञ्चार अनलाइन र मिडिया लगायत ५० भन्द बढि नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहने छ ।
सम्मेलनमा नयाँ चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव पनि मनाइने छ । ७५ वर्षको यात्रामा, चीनले आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ, जसले विश्वलाई आकर्षित गरेको छ । यस सन्दर्भमा चीनको विकास र लक्ष्यबारे वृत्तचित्र पनि प्रसारण गरिने छ ।
चीन र नेपालबिचको मिडिया सहकार्य, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा थप सहकार्यले हामीलाई चीन(नेपाल सम्बन्धको कथाहरू सुनाउन र मित्रताको आवाज फैलाउन अझै विस्तृत प्लेटफर्म प्रदान गर्नेछ ।
कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्विसुब्बा गुरुङ, नेपालका निम्ति चिनिया राजदूत महामहिम छन् सोङ विभिन्न राजनीतिकर्मी लगायतको उपस्थिति रहने छ । चीन र नेपालबिचको सहयोगले अझ ठुलो परिणाम हासिल गर्ने र ठुलो योगदान दिनेछ भन्ने विश्वासका साथ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












