आजको राशिफलः २०८१ साल असोज १५ गते मंगलवार
मेष : समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
वृष: अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ। समयमा काम नगर्ने बानीले अवसर गुम्न सक्छ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला।
मिथुन: साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।
कर्कट: मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामकाे जिम्मेवारीले नाेक्सान पुर्याउनेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला।
सिंह: आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नाे फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।
कन्या : मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
तुला: व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
वृश्चिक:अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम थाल्ने परिस्थिति जुट्नेछ। तर लगानी जुटाउन सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।
धनु : नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर अरूकाे जिम्मेवारीसमेत वहन गर्नुपर्ला। पेसा–व्यवसायमा पनि कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जाेश–जाँगरमा समेत कमी आउनेछ। प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्।
मकर: अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ।
कुम्भ: यात्रामा समस्या पर्न सक्छ। पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझतिर स्वास्थ्य कमजाेर भएकाे अनुभूति हुनेछ। केही फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। कामको मेसो नमिल्दा अलमल हुनेछ। वादविवादले पनि काममा बाधा पर्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला।
मीन: साँझदेखि स्थितिमा सुधार आउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा उपलब्धि हातपार्न सफल भइनेछ। माहाेल बिग्रनाले काममा अलमल हुनेछ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। प्रतिस्पर्धीहरूले अवराेध गर्ने चेष्टा गर्नेछन्, हाेसियारीपूर्वक काममा जुट्नुहाेला।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












