भ्रष्टाचारमा मुछिएका पूर्वएआईजी बेलायतमा टिकटकमा रमाउँदै
काठमाडौं। नेपाल प्रहरीमा कार्यरत रहँदा अवैधरूपमा अरबौ कमाएको भनी आरोप लाग्दै आएका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत असोज १४ गते उजुरी समेत परि छानविन अनुसन्धानको माग गरिएका नेपाल प्रहरीका पूर्वएआईजी श्यामलाल ज्ञवाली अहिले श्रीमतीसहित बेलायतमा छन् । बेलायतमा उनले विभिन्न स्थानको भ्रमण गर्दै टिकटकमा रोमान्चक फोटो र भिडियो पोष्ट गर्दै हिँडेका छन् ।
टिकटकमा ‘दिउँ कि मुटु खोली तिमीलाई’ बोलको गीतमा रोमान्स गरेर देशमा आफूले गरेको भ्रष्टाचार लुकाउन खोजेका छन् । तर जति नै नाच्दै रमाए पनि भ्रष्टाचारजन्य काममा उनलाई माफी नहुने देखिएको छ । अब टिकटकमा अरुको गीतमा नाच्ने मात्रै होइन,’मेरा भ्रष्टाचारका फायल खोलिदेउ’ बोलको गीत आफैंले गाउँदै भिडियो बनाएर टिकटकमा नाच्नु उनका लागि अझ उचित हुनेछ ।
गत भदौ २५ गते उमेर हदका कारण नेपाल प्रहरीको एआईजी पदबाट अनिवार्य अवकास पाएका ज्ञवाली नेपालमा अरबौं रकम भ्रष्टाचार गरि आर्जन गरेको अवैध सम्पत्ति र प्रहरी अनुशासन तोडेको अभियोगमा कानुनी कारबाही हुन सक्ने देखेर गत भदौ २७ गते नै प्रहरी कितावखाना लैनचौर पुगेर पेन्सनपट्टाको काम सकेर गत भदौ २९ गते कतार एयरवेजको जहाज चढेर श्रीमतीसहित अमेरिका उडेका थिए ।
नेपालमा प्रहरी हुँदा विभिन्न युनिटहरूमा प्रमुख र टुवाईसी हुँदा अवैधरूपमा कमाएको अरबौं रकम ज्ञवालीले माडवारी व्यापारीमार्फत नेपालमा केही लगानी गरेको र अधिकांश रकम हुण्डी गरि भारत, दुबई र अमेरिका पठाइ विभिन्न व्यापार व्यवसायमा लगानी गरेको आशंका गरिँदै आएको छ । प्रहरीमा रहँदा उनले माथिल्लो पदका हाकिमलाई रिझाएर सोह्रखुट्टे, बौद्व, काठमाडौं परिसर, विभिन्न जिल्ला प्रमुख, कोशी प्रदेश कार्यालय, उपत्यका प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान व्युरो प्रमुख हुँदा अपराधी तथा तस्करलाई कानुनी कारबाही गर्नबाट उन्मुक्ति दिएर करोडौं अवैध सम्पत्ति जोडेका थिए ।
यसैगरि दाजु ठाकुरप्रसाद ज्ञवाली आईजीपी हुँदा समेत यिनै श्यामलाल ज्ञवालीले आर्थिक लाभ लिएर सेटिङमा काठमाडौं परिसरमा सरूवा÷बढुवामा दररेट तोकि रकम लिएर सरूवा–बढुवा गराएका थिए । ज्ञवालीले अवैध सुन तस्करी काण्डको मुद्दाको छानविन कारवाहीमा केही मुख्य अदृश्य अपराधीलाई पक्राउ नगरि फरार हुन दिएर उम्काउने र केहीलाई सुराकीमा राखि मुद्दा नचलाई उन्मुक्ति दिएर करोडौं रकम लिएको आरोप लगाउदै ललितपुर सातदोबाटोका विनायक अर्यालले अख्तियारमा उजुरी हालेका छन् । अख्तियारमा परेको यस उजुरीका विषयमा अख्तियारले छिटोभन्दा छिटो एक छानविन अनुसन्धान टोली गठन गरि अनुसन्धान प्रक्रियालाई अगाडि बढाएर भ्रष्टाचार मुद्दा दर्ता गर्नुपर्ने उजुरीकर्ता अर्यालले बताएका छन् ।
यसैगरि पदमा हुँदा ज्ञवालीले प्रहरीको चेन अफ कमाण्ड तोडेर, तात्कालिक उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग मिलेर आईजीपी वसन्तबहादुर कुवँरलाई माइनस गर्दै समानान्तर रूपमा प्रहरी संगठन सञ्चालन गर्न खोजेका थिए । अझ कुवँरलाई “कु“ गर्ने र आफंै आईजीपी बन्ने गरि चलखेल गरेका थिए,तर अकस्मात पुष्पकमल दाहाल प्रचण्ड सरकार ढालेर वर्तमान नेपाली कांग्रेस र नेकपा( एमाले) को सत्ता गठबन्धन बनेपछि त्यो “कु“ गर्ने षडयन्त्र रातारात ध्वस्त भएको थियो भन्ने आरोप ज्ञवाली माथि लागेको थियो ।
व्युरो प्रमुख रहँदा ज्ञवालीले समानान्तर प्रहरी संगठन सञ्चालन गरेको, विभिन्न व्यक्तिहरूलाई धम्क्याएर करोडौं रकम असुली गरेको विषयमा नेपाल प्रहरीले एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाइ छानविन गरेर आईजीपी कुवँरलाई प्रतिवेदन पेश गरेको थियो । त्यो प्रतिवेदनमा ज्ञवालीलाई दोषी ठहर गरिएको थियो । तर उनलाई कारवाही गर्न ढिलासुस्ती गर्दा गत भदौ २५ गते अनिवार्य अवकास भएका थिए । अब उनलाई यी अभियोगमा पक्राउ गरि थुनामा राखि छानविन गर्न विदेश भागेकाले असम्भव प्रायः छ, उनी उम्किए, प्रहरी स्रोतले बताएको छ । यदी ज्ञवाली उपर छानविन अनुसन्धान गरि भविष्यमा अख्तियारले कारवाही गरेपनि विशेष अदालतमा उपस्थित हुने अवस्था सिर्जना भएको समाचार स्रोतको दाबी छ ।
ज्ञवालीले केन्द्रीय अनुसन्धान व्युरो प्रमुख हुँदा संगठित ठूला अपराधको उजुरीमा छानविन अनुसन्धान गर्ने क्रममा ठूला अपराधीहरूलाई तपाईका विरूद्व व्युरोमा उजुरी परेको छ भन्दै बोलाउँदै, सुन तस्करी,राजस्व छली, हुण्डी, क्रिफ्टोकरेन्सी, बालमन्दिर जग्गा लिज, ललिता निवास, बाँसवारी छालाजुत्ताको जग्गा खरिद प्रकरण लगायतमा धम्क्याउदै करोडौ रकम झारेको र सो रकम माडवारी व्यापारी मार्फत हुण्डी गरि भारत, दुबई र अमेरिका पठाइ लगानी गरेको आरोप लागेको छ । यस्तो गम्भीर आरोपमा अख्तियारले छानविन अनुसन्धान गर्न ढिलासुस्ती गर्नु हुन्न, छिटोभन्दा छिटो छानविन अनुसन्धान गर्नुपर्ने पर्यवेक्षकहरूको धारणा छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












