तीन सय वर्षभन्दा लामो इतिहासको साक्षी एकहाते देवी मन्दिर
गण्डकी । पोखरा महानगरपालिका वडा नं २१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक कृस्ती नाच्ने चौर गाउँ विकास समिति वडा नं ४ स्थित रामदीमा रहेको यो मन्दिर मट्टीखान कालिका कोट स्थापना भएपछि विसं १७५९ मा स्थापना गरिएको उल्लेख छ ।
पहिले आसपासका सर्वसाधारणले मात्र पूजाआजा गर्दै आएको यस मन्दिरमा अहिले भने टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेको मन्दिरका प्रमुख संरक्षक एवम् सल्लाहकार विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
किंवदन्ती अनुसार प्राचीन कालमा पोखरा जलमग्न भएको समयमा यस मन्दिर रहेको ठाउँ एक हात मात्र जमिन बाँकी रहेकाले त्यसलाई आधार मानेर यस ठाउँको नाम नै एकहाते भनिएको हो । एकहातेमा स्थापित भएका कारण यहाँस्थित देवीलाई एकहाते देवीका रुपमा पूआजा गरिएको हुनसक्ने उहाँले बताउनुभयो ।
मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण पनि यहाँको महिमा र गरिमा चुलिएको उहाँको भनाइ छ । मन्दिरमा बराह र देवीको पूजाआजा हुने गरेको छ । तत्कालीन समयमा स्थानीयले ढुङ्गा र माटोको प्रयोगबाट मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाइएको थियो । अहिले भने प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको छ ।
मन्दिर स्थापना यता विभिन्न समयमा मन्दिर जीर्णोद्धार हुँदै वर्तमान अवस्थामा आइपुुगेको रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १९९० सालको भूूकम्पपछि जीर्णेद्धार गरिएको मन्दिर त्यस यता पनि जीर्णेद्धार एवम् मर्मत सम्भार गरिदै आइएको थियो । विसं २०७२ को भूकम्पबाट पनि क्षतिग्रस्त भएपछि हालै प्यागोडा शैलीको पक्की मन्दिर निर्माण गरिएको छ ।
हालको मन्दिर निर्माणका लागि मन्दिरका प्रमुख संरक्षक विष्णुुप्रसाद पौडेलले रु पाँच लाख ५५ हजार ५५ सहित मन्दिरको अगाडि बाघको दुुईवटा मूर्ति समेत निर्माणमा सहयोग गर्नुुभएको देवकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणमा महानगरपालिका, समाजसेवी, चन्दादाताआदिबाट सहयोग प्राप्त भएको उहाँको भनाइ छ ।
मन्दिरमा शीलामा कुदेर बनाइएको शीलाको मूर्ति छ । प्रत्येक वर्षको बडा दसैँ र चैते दसैँका समयमा मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । यस समयमा श्रद्धालु भक्तजनले चढाएको भेटी सङ्कलनबाटै पूजाआजा सञ्चालन गर्ने गरिएको छ ।देवकोटाका अनुसार मन्दिरको संरक्षणका निम्ति विसं २०७९ सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको छ । मन्दिर परिसरमा रहेको छ आना एक पैसा जग्गा २०३२ सालको नापीमा व्यक्तिका नाममा दर्ता भएपनि उहाँहरूबाट स्वतस्फूर्त मन्दिरलाई नै फिर्ता भएको देवकोटाले जानकारी दिनुभयो ।
पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण
एकहाते देवी मन्दिर पर्यटकीय रुपमा पनि उत्तिकै सम्भावना भएको स्थानमा रहेका कारण यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ । पर्यटन राजधानी पोखराको मनमोहक स्थानमा अवस्थित यहाँबाट उत्तरतर्फ लहरै देखिने चाँदी जस्तै टलक्क टल्कने हिम शृङ्खला, पूर्वतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहितको पोखरा बजार, बायाँतर्फ विश्व शान्ति स्तूप, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति ९भूमेश्वर महादेव० लगायतका दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ ।
मन्दिरको इतिहास, यहाँको भूबनोटसँगै पर्यटकीय सम्भावनालाई जोड्न सकेमा यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “हामी यस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न नसक्दा पछाडि परिरहेका छौँ”, उहाँले भन्नुुभयो, “इतिहास, संस्कृति र पर्यटकीय सम्भाबनालाई उजागर गर्न सकेमा यो स्थल पोखरामा आउने जोकोहीका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित बन्ने पक्का छ ।” यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकाससँगै पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












