तीन सय वर्षभन्दा लामो इतिहासको साक्षी एकहाते देवी मन्दिर
गण्डकी । पोखरा महानगरपालिका वडा नं २१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक कृस्ती नाच्ने चौर गाउँ विकास समिति वडा नं ४ स्थित रामदीमा रहेको यो मन्दिर मट्टीखान कालिका कोट स्थापना भएपछि विसं १७५९ मा स्थापना गरिएको उल्लेख छ ।
पहिले आसपासका सर्वसाधारणले मात्र पूजाआजा गर्दै आएको यस मन्दिरमा अहिले भने टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेको मन्दिरका प्रमुख संरक्षक एवम् सल्लाहकार विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
किंवदन्ती अनुसार प्राचीन कालमा पोखरा जलमग्न भएको समयमा यस मन्दिर रहेको ठाउँ एक हात मात्र जमिन बाँकी रहेकाले त्यसलाई आधार मानेर यस ठाउँको नाम नै एकहाते भनिएको हो । एकहातेमा स्थापित भएका कारण यहाँस्थित देवीलाई एकहाते देवीका रुपमा पूआजा गरिएको हुनसक्ने उहाँले बताउनुभयो ।
मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण पनि यहाँको महिमा र गरिमा चुलिएको उहाँको भनाइ छ । मन्दिरमा बराह र देवीको पूजाआजा हुने गरेको छ । तत्कालीन समयमा स्थानीयले ढुङ्गा र माटोको प्रयोगबाट मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाइएको थियो । अहिले भने प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको छ ।
मन्दिर स्थापना यता विभिन्न समयमा मन्दिर जीर्णोद्धार हुँदै वर्तमान अवस्थामा आइपुुगेको रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १९९० सालको भूूकम्पपछि जीर्णेद्धार गरिएको मन्दिर त्यस यता पनि जीर्णेद्धार एवम् मर्मत सम्भार गरिदै आइएको थियो । विसं २०७२ को भूकम्पबाट पनि क्षतिग्रस्त भएपछि हालै प्यागोडा शैलीको पक्की मन्दिर निर्माण गरिएको छ ।
हालको मन्दिर निर्माणका लागि मन्दिरका प्रमुख संरक्षक विष्णुुप्रसाद पौडेलले रु पाँच लाख ५५ हजार ५५ सहित मन्दिरको अगाडि बाघको दुुईवटा मूर्ति समेत निर्माणमा सहयोग गर्नुुभएको देवकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणमा महानगरपालिका, समाजसेवी, चन्दादाताआदिबाट सहयोग प्राप्त भएको उहाँको भनाइ छ ।
मन्दिरमा शीलामा कुदेर बनाइएको शीलाको मूर्ति छ । प्रत्येक वर्षको बडा दसैँ र चैते दसैँका समयमा मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । यस समयमा श्रद्धालु भक्तजनले चढाएको भेटी सङ्कलनबाटै पूजाआजा सञ्चालन गर्ने गरिएको छ ।देवकोटाका अनुसार मन्दिरको संरक्षणका निम्ति विसं २०७९ सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको छ । मन्दिर परिसरमा रहेको छ आना एक पैसा जग्गा २०३२ सालको नापीमा व्यक्तिका नाममा दर्ता भएपनि उहाँहरूबाट स्वतस्फूर्त मन्दिरलाई नै फिर्ता भएको देवकोटाले जानकारी दिनुभयो ।
पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण
एकहाते देवी मन्दिर पर्यटकीय रुपमा पनि उत्तिकै सम्भावना भएको स्थानमा रहेका कारण यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ । पर्यटन राजधानी पोखराको मनमोहक स्थानमा अवस्थित यहाँबाट उत्तरतर्फ लहरै देखिने चाँदी जस्तै टलक्क टल्कने हिम शृङ्खला, पूर्वतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहितको पोखरा बजार, बायाँतर्फ विश्व शान्ति स्तूप, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति ९भूमेश्वर महादेव० लगायतका दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ ।
मन्दिरको इतिहास, यहाँको भूबनोटसँगै पर्यटकीय सम्भावनालाई जोड्न सकेमा यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “हामी यस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न नसक्दा पछाडि परिरहेका छौँ”, उहाँले भन्नुुभयो, “इतिहास, संस्कृति र पर्यटकीय सम्भाबनालाई उजागर गर्न सकेमा यो स्थल पोखरामा आउने जोकोहीका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित बन्ने पक्का छ ।” यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकाससँगै पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












