ताजा समाचार

वीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने

काठमाडौं। वीपी राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ ।

साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए ।

भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org