भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित
काठमाडौं । भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै मुलुकबीच फेरि विवाद उत्कर्समा पुगेको हो।
बीबीसीका अनुसार क्यानडाको उक्त कदम पछि भारतले दिल्लीस्थित क्यानेडियन राजदूतवासका ६ जनालाई निस्कासित गरेको छ। निस्कासित हुनेमा दिल्लीस्थित क्यानेडियन राजदूतावासका कार्यकारी राजदूत स्टीवर्ट रस व्हीलरसहित ६ जना रहेका छन्। भारतीय विदेश मन्त्रालयले उनीहरूलाई १९ अक्टुबर राति ११ः५९ बजेसम्म भारत छाड्न भनेको छ।
क्यानडा सरकारले सन् २०२३ जुनमा खालिस्तान समर्थक एक्टिभिस्ट हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नता रहेको भन्दै क्यानडाका लागि भारतीय राजदूत वर्मासहितका कुटनीतिज्ञमाथि अनुसन्धान सुरु गरेको छ। जसको भारतले विरोध जनाउँदै आफ्ना राजदूत लगायतका कुटनीतिज्ञलाई भारत बोलाएको छ।
Comments
अरु समाचार
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...