इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।
इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो । बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुर्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो ।
फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने बताउनुभएको छ । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) हुनुपर्ने विषयमा जोड दिएका छन् ।
“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताएका थिए । “इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उनले बताएका छन् ।
बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ । इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा “मिसाइलको प्रक्षेपण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बेका उपत्यका लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।
गत अक्टोबर–१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो । आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् ।
भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय (युनिसेफ)का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ । इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि लडाँकु समुहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा छ लाख ९० हजार मानिसहरु विस्थापित भएका छन् ।
आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ। नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ ।
इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकी सरकारले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











