इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।
इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो । बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुर्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो ।
फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने बताउनुभएको छ । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) हुनुपर्ने विषयमा जोड दिएका छन् ।
“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताएका थिए । “इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उनले बताएका छन् ।
बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ । इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा “मिसाइलको प्रक्षेपण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बेका उपत्यका लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।
गत अक्टोबर–१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो । आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् ।
भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय (युनिसेफ)का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ । इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि लडाँकु समुहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा छ लाख ९० हजार मानिसहरु विस्थापित भएका छन् ।
आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ। नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ ।
इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकी सरकारले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित
काठमाडौं । भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै...
-
बमको धम्कीपछि एयर इन्डियाको विमान दिल्लीतर्फ डाइभर्ट
काठमाडौं । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको...
-
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ,अर्को ड्रोन पत्ता लागे ‘युद्धको घोषणा’ मानिने
काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण...
-
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने
काठमाडौं । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको...
-
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्...
-
इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको...
-
‘मेरो स्वास्थ्य एकदम राम्रो र राष्ट्रपतिका लागि उपयुक्त छ’
न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो”...
-
विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति मुर्मुले एक्समा लेख्नुभएको...
-
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल...