ताजा समाचार

अमेरिका विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । अमेरिकामा जारि आईसिसि टि–२० सिरिजमा अमेरिकालाई एक खेल अगावै नेपालले उपाधि जितेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रनको लक्ष्य अमेरिकालाई प्रस्तुत गरेको छ । नेपाली ब्याट्सम्यान कुसल भुर्तेलको नटआउट ९१ रनको ब्यटिङ प्रर्दशनमा उक्त लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाउँदा खेल सुपर ओभरमा गरेको थियो । सुपर ओभरमा पहिलो पारिमा ब्याटिङ गरेको अमेरिकाले दुवै विकेट गुमाएर ३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले सनसनीपूर्ण बलिङ गर्दै चार बल फालेर दुई विकेट लिए। अमेरिकाले सुपर ओभरमा चार बल खेलेर ३ रनको चुनौती दिएको थियो।

सुपर ओभमा ब्याटिङका लागि पुगेका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरेका हुन्।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले चार बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा एकएक रन जोडेको नेपालले तेस्रो बल डट खेल्यो। नेपालले चौथो बलमा रन जोड्दै एक खेल अगाडि सिरिज उचालेको हो। सुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरे।

यस अघिको खेलमा नेपालले दिपेन्द्र सिंह ऐरिको अलराउन्ड प्रर्दशनमा १७ रनको जित निकालेको थियो । तेस्रो तथा अन्तीम खेल नेपालले भोली बिहान खेल्ने तालिका रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org