ताजा समाचार

सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। योसँगै सोमवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ कायम भएका महासङ्घले जनाएको छ।

यसअघि आइतवार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यले पनि सोमवार नयाँ रेकर्ड कायम गरेको छ । सोमवार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ ।

यसअघि आइतवार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासङ्घले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org