राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन
काठमाडौं । झापा भद्रपुरको आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०/८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०/८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । “चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।”
कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट रु २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत रु दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत रु २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत रु १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताए । उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
सुनको मूल्यमा नयाँ किर्तिमान
काठमाडौं । बहुमुल्य धातु (सुन)को मूल्यले दिन दिनै नयाँ किर्तिमानी मूल्य कायम गर्न थालेको छ । पहिल्लो समयमा निरन्तर बढिरहेको...
-
चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
काठमाडौं । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...
-
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
काठमाडौं । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट,...
-
भन्सार छलेर भित्र्याइएका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित...
-
सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार...
-
चिया निर्यात बढ्यो, अलैँची घट्यो
काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार...
-
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने
काठमाडौं । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ...