‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल मत्स्य समाजद्वारा बुधबार आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्द्घन गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए।
सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएको जनाउँदै उनले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामासमेत महत्वपूर्ण भूमिका खेलेको छ भने।
नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उनले भने ,’गुणस्तरीय उत्पादन सामग्रीको आपूर्ति, पूर्वाधार विकासमा उच्चलागत, यान्त्रिकरण, डिजिटलाइजेशनको कमी, बजार पहुँच रहेका छन् ।’ नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो ।
उनले भने, ‘जलस्रोत तथा जलिय जैविक विविधता संरक्षणमासमेत विभिन्न चुनौती रहेका छन् ।’ मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा ०.४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवर्द्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उनले बताए। कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्रमध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्राध्यापक डा.दिलीप सुब्बा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डा शारदा थपलिया, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, नार्कका कार्यकारी निर्देशक डा दोजराज खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा.नरेश सुवेदी, एफएओ नेपाल तथा भुटानका प्रतिनिधि केन सीमि, नेटवर्क अफ एक्वाकल्चर एसियाप्यासेफिकका डा। एडवार्डो लिएनो, नेपाल मत्स्यसमाजका अध्यक्ष प्रा।डा सुनिला राईलगायतले माछा उत्पादन, प्रविधि, बजारीकरण लगायतको महत्वका बारेमा बोलाएका थिए ।
सम्मेलनमा विभिन्न १० देशका दुई सय वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहेको छ । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, हङ्गेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी भएको समाजका अध्यक्ष राईले जानकारी दिए। सम्मेलनमा ४० विदेशी, १०३ नेपाली गरी कुल एक सय ४३ वैज्ञानिक कार्यक्रम पेस गरिँदै छ ।
एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने राईले जानकारी दिए। सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषेशज्ञहरुले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासको ज्ञान आदानप्रदान हुने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












