नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन
काठमाडौँ : वैदिक अनुसन्धान गुठी (वाग्) ले नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ को प्रकाशन गरेको छ । गुठीले शुद्धस्वरुपमा वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेदसंहिताका ४० अध्याय प्रकाशन गरेको हो ।
वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवद्र्धन, प्राचीन तथा अर्वाचीन ग्रन्थको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन, वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण, गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार–प्रसार, वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्र्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको गुठीको यो पहिलो प्रकाशन हो ।
वेदपाठको नियमसहित समावेश गरिएको ग्रन्थको सम्पादन गुठीको संस्थापक अध्यक्षसमेत रहनुभएका युवा सन्त डा स्वामी केशवानन्द गिरिले गर्नुभएको हो । दुईदेखि चार जनासम्म ब्राह्मणले वेद पाठ गर्दा कति, कति अध्यायसम्म विभाजन गरी गर्ने भन्ने जानकारी समेत यो पत्रे वेदमा दिइएको छ । पुस्तकमा वेद पाठका नियमसहित वेदाध्यायीको नियम र आचरण, वर्ण एवं वर्णोच्चारणका नियम, वेद पाठ विधिलगायत विषय पनि समावेश गरेर सहज बनाइएको छ ।
पुस्तकमा वेदको महत्व, वेदको विभाजन, शुक्ल यजुर्वेद नाम रहनुमा कारण, यजुर्वेदको शाखा, वाजसनेयि माध्यन्दिन संहिता, काण्व संहिता, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विषयवस्तु, चार वेदको संक्षिप्त विवरण, वेदका अङ्गहरु, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विवरणलगायत विषयसमेत समावेश गरिएको छ । विधिअनुसार वेद पाठ गर्न चाहनेका लागि पुस्तक सहयोगी हुने देखिन्छ ।
कागेश्वरी मनोहरा–६ निवासी मुरारिप्रसाद फुयाँल एवं उहाँकी धर्मपत्नी सुशीला फुयाँलको सहयोगमा यो ग्रन्थ एक हजार एक प्रति छपाइ गरिएको हो । नेपाली कागज र सामान्य कागज गरी दुई थरी पुस्तक प्रकाशन गरिएको छ । कपडाको वासासहितको पुस्तक गुठीको कार्यालय गौरीघाट र पशुपतिनाथ मन्दिरस्थित शङ्कराचार्य मठमा पाउन सकिन्छ । नेपाली कागजमा प्रकाशन गरिएको पुस्तकको रु ११ हजार १११ र सामान्य कागजमा प्रकाशन गरिएको पुस्तकको मूल्य रु एक हजार १११ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त स्रोत वैदिक क्षेत्रका बारेमा गुठीले गर्ने अध्ययन, अनुसन्धामा खर्च गरिने जनाइएको छ ।
स्वामी केशवानन्द गिरिले यसअघि विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको थियो । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोषमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिन्छ ।
स्वामी केशवानन्द गिरिले यसअघि वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी आफ्नै सम्पादनमा प्रकाशन गर्नुभएको थियो । शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो ।
यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भाग पनि उहाँले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिनुभएको छ । आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गर्नुभएको हो । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयबाट ‘पाणिनीको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गर्नुभएका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ । यसैका लागि गुठीको स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
यसैगरी गुठीले महाभारत अनुवाद परियोजना पनि सुरु गरेको छ । यो योजना यही वर्ष चैतमा सम्पन्न हुनेछ । करिब एक लाख श्लोक रहेको विश्वकै ठूलो महाकाव्य महाभारत संस्कृतबाट नेपालीमा पहिलोपटक अनुवाद गर्न लागिएको हो । प्राचीन वाङ्मयको यो सर्वमान्य ग्रन्थ प्रामाणिक विद्वानहरूबाट नेपाली भाषामा अनुवाद भइरहेको छ । करिब रु दुई करोडको लागतमा महाभारतको अनुवाद भइरहेको हो ।
विश्वको सबैभन्दा पहिलो काव्य रामायणको अनुवादलाई पनि गुठीले निरन्तरता दिइरहेको छ । करिब २४ हजार श्लोक रहेको रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरी यसै वर्ष चैत मसान्तसम्म सकिने गुठीले जनाएको छ । रामायण पनि पहिलोपटक संस्कृतबाट नेपालीमा अनुवाद गर्न लागिएको हो । त्रेता युगको घटनाका रुपमा विश्वास गरिने रामायण पनि प्रामाणिक विद्वानबाट नेपाली भाषामा अनुवाद भइरहेको छ । यसको लागत करिब रु ४५ लाख लाग्ने अनुमान गरिएको छ ।
गुठीले नेपाली संस्कृत शब्दकोश पनि निर्माण गरेको छ । कोशमा २५ हजारभन्दा धेरै नेपाली शब्दको संस्कृत अर्थ समावेश गरिएको छ । यो नेपालकै पहिलो नेपाली संस्कृत आधिकारिक कोष हो । करिब रु १० लाखको लागतमा निर्माण गरिएको यो शब्दकोश संस्कृत अध्ययन गर्नेहरुका लागि उपयोगी मानिएको छ ।
गुठीले बृहत्तम संस्कृत–नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत विद्युतीय कृत्रिम बौद्धिकता (एआई) शब्दकोश निर्माण गर्न लागेको छ । यो विश्वकै सबैभन्दा ठूलो बहुभाषिक शब्दकोश हुने जनाइएको छ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित यो शब्दकोशमा वर्गीकृत शब्द एवं अर्थ समावेश हुनेछ । व्युत्पत्तिमूल शब्दको व्युत्पत्तिसहित उदाहरण प्रस्तुत हुने शब्दकोशमा व्यक्तिको योग्यताअनुसार शब्द छनोट गर्न मिल्नेछ । विसं २०८५ असार मसान्तमा सक्ने लक्ष्य राखिएको यो शब्दकोशका लागि पहिलो चरणमा रु १० लाख र दोस्रो चरणमा रु पाँच करोड लागत लाग्ने अनुमान गरिएको गुठीले जनाएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












