बुवाको काजकिरिया गर्दै ५ छोरी, भन्छन्– बुवाको त्यागको सम्मान गर्दै किरिया गरेका हौं
सुन्दरहरैंचा (केशव भट्टराई) । मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदीबहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको बेला, सबैतिर झिलीमिली बत्ती अनि देउसीभैलोको रौनक छ । तर यी पाँच दिदीबहिनीको घरमा बुवाको निधनका कारण अध्याँरो छाएको छ । मनमा पीडा छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय कृष्णकुमार शाहीको कार्तिक ६ गते निधन भयाे । अहिले पाँच छोरीहरूले विधि विधानअनुसार १३ दिनसम्मको काजकिरिया गर्दैछन् । उनीहरूले कपाल खौरनेबाहेक जनै लगाएर आफ्नो धर्म परम्पराअनुसार किरिया गरेका हुन् ।
कृष्णबहादुरको निधनपछि आमा टीका शाहीसँगै पाँच छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका हुन् । सवै छोरीले दाहसंसस्कार गरिने ठाउँ इटहरीको मुक्तिघाट पुगेर बुवालाई दागबत्ती दिए । किरियामा बस्नु भएको छोरी जेनिसाले भन्नुभयो, ‘बुवा मिहिनेती अनि फराकिलो सोच भएको सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । तीमीहरुले छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो, बुवाको सुखदुःखमा पनि हामीले साथ दिएका थियौं ।’
विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै जेनिसाले भन्नुभयो,‘ गलत मान्यतालाइ तोड्दै, छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन हामी आफैँ किरिया गर्न बसेका हौँ । छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो, बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।’
छोरीहरुसँगै टीका शाही पनि श्रीमानको किरियामा बस्नु भएको छ । छोराले गर्ने कर्तव्य पूरा गर्छन् भन्ने आफ्नो श्रीमान कृष्णको विश्वास रहेको, छोरीहरुले पनि बुवाको किरियाकर्म हामी गर्छौ भन्ने इच्छा देखाएको टीकाले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।
यस्तै छोरा नभएको एउटा कारण र छोरीले गरेको काम उदाहरणीय हुने भएकाले परिवारका सबै सदस्यहरु छोरीहरुलाई किरिया गर्न दिने निर्णयमा पुगेको देवबहादुर शाहीको भनाइ छ । पाँच छोरीहरुले किरिया बस्न इच्छा गर्दा आफन्त र छिमेकीले सहजीकरण गरेका थिए । पत्नी टीका र पाँच छोरी जस्मिन, जेनिसा, कसिस, प्रेरणा र कृष्टिनाले काजकारिया गरेका हुन् । काजकारियामा बसेका चेलीहरुमा २ जनाले फेस डिजाइनिङ कोर्ष गर्दैछन् भने दुई जनाले नर्सिंङ पढेका छन् । स्व. कृष्णकुमार विभिन्न सामाजिक संघसंसस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको सक्रिय समाजसेवाको मुल्यांकन गर्दै दर्जनौं सामाजिक संघसघहरुले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
कृष्णबहादुरको दुबै मृर्गौला र लिबरमा समस्या थियाे । उहाँकाे उपचारका क्रममा मृत्यु भएको हाे। बुवाको किरिया बस्दा सबैको सहयोग पाएको छोरीहरुको भनाइ छ । हाम्रो समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । तर पितृसतात्मक सोच भएको हाम्रो समाजमा छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्नु पाँचजना यी चेलीहरुको महान कार्य हो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











