बुवाको काजकिरिया गर्दै ५ छोरी, भन्छन्– बुवाको त्यागको सम्मान गर्दै किरिया गरेका हौं
सुन्दरहरैंचा (केशव भट्टराई) । मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदीबहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको बेला, सबैतिर झिलीमिली बत्ती अनि देउसीभैलोको रौनक छ । तर यी पाँच दिदीबहिनीको घरमा बुवाको निधनका कारण अध्याँरो छाएको छ । मनमा पीडा छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय कृष्णकुमार शाहीको कार्तिक ६ गते निधन भयाे । अहिले पाँच छोरीहरूले विधि विधानअनुसार १३ दिनसम्मको काजकिरिया गर्दैछन् । उनीहरूले कपाल खौरनेबाहेक जनै लगाएर आफ्नो धर्म परम्पराअनुसार किरिया गरेका हुन् ।
कृष्णबहादुरको निधनपछि आमा टीका शाहीसँगै पाँच छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका हुन् । सवै छोरीले दाहसंसस्कार गरिने ठाउँ इटहरीको मुक्तिघाट पुगेर बुवालाई दागबत्ती दिए । किरियामा बस्नु भएको छोरी जेनिसाले भन्नुभयो, ‘बुवा मिहिनेती अनि फराकिलो सोच भएको सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । तीमीहरुले छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो, बुवाको सुखदुःखमा पनि हामीले साथ दिएका थियौं ।’
विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै जेनिसाले भन्नुभयो,‘ गलत मान्यतालाइ तोड्दै, छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन हामी आफैँ किरिया गर्न बसेका हौँ । छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो, बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।’
छोरीहरुसँगै टीका शाही पनि श्रीमानको किरियामा बस्नु भएको छ । छोराले गर्ने कर्तव्य पूरा गर्छन् भन्ने आफ्नो श्रीमान कृष्णको विश्वास रहेको, छोरीहरुले पनि बुवाको किरियाकर्म हामी गर्छौ भन्ने इच्छा देखाएको टीकाले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।
यस्तै छोरा नभएको एउटा कारण र छोरीले गरेको काम उदाहरणीय हुने भएकाले परिवारका सबै सदस्यहरु छोरीहरुलाई किरिया गर्न दिने निर्णयमा पुगेको देवबहादुर शाहीको भनाइ छ । पाँच छोरीहरुले किरिया बस्न इच्छा गर्दा आफन्त र छिमेकीले सहजीकरण गरेका थिए । पत्नी टीका र पाँच छोरी जस्मिन, जेनिसा, कसिस, प्रेरणा र कृष्टिनाले काजकारिया गरेका हुन् । काजकारियामा बसेका चेलीहरुमा २ जनाले फेस डिजाइनिङ कोर्ष गर्दैछन् भने दुई जनाले नर्सिंङ पढेका छन् । स्व. कृष्णकुमार विभिन्न सामाजिक संघसंसस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको सक्रिय समाजसेवाको मुल्यांकन गर्दै दर्जनौं सामाजिक संघसघहरुले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
कृष्णबहादुरको दुबै मृर्गौला र लिबरमा समस्या थियाे । उहाँकाे उपचारका क्रममा मृत्यु भएको हाे। बुवाको किरिया बस्दा सबैको सहयोग पाएको छोरीहरुको भनाइ छ । हाम्रो समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । तर पितृसतात्मक सोच भएको हाम्रो समाजमा छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्नु पाँचजना यी चेलीहरुको महान कार्य हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












