भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।
बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भने, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौँ ।”
भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।
त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, “हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र
आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ ।” अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ । करिमले भने, “एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन । तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौँ र उनीहरूलाई सूचित गरेका छौँ ।”
करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।
सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नोभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरु हुन्छ ।”
शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो ।
बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












