उदयपुरमा छठको तयारी तीव्र
काठमाडौं । नजिकिँदै गरेको छठ पर्वको तयारी उदयपुरमा तीव्र बनाइएको छ । साझा सांस्कृतिक धरोहरको रुपमा स्थापित छठ पूजालाई व्यवस्थित र आकर्षित बनाउने गरी तयारीलाई तीव्र बनाइएको हो ।
सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको विभिन्न उपसमितिहरू गठन गरी सबै काम एकैसाथ अघि बढाइएको त्रियुगा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए ।
उनका अनुसार कात्तिक २० गते घाट स्थलको सरसफाइका लागि सशस्त्र, नेपाल प्रहरी, जेसिस लगायतका निकायलाई अनुरोध गरिएको छ । समितिको बैठकले सरसफाइ, आर्थिक सहयोग जुटाउने, व्यवस्थित सास्कृतिक कार्यक्रम, सुरक्षा, यातायात व्यवस्थापन, बिद्युत् जडान, टेन्ट, घाटदर रेट लगायतका कामहरू गर्न उपसमितिहरू गठन गरिएको साहले बताए ।
समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव (राहुल)का अनुसार पर्वलाई व्यवस्थित र आकर्षक बनाउन उत्कृष्ट प्रवेशद्वार निर्माण, दुई ठुला र दुई साना गरी चार वटा पुल, मूर्ति घर, सेल्फी स्टन्डलगायतका कार्यहरू उपसमितिमार्फत अघि बढाइएको बताए ।
उनले नदी किनारामा विभिन्न स्टलहरू निर्माण, दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको बताए । उनले मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउन्ड सिस्टम लगायतका काममा जुटेको अध्यक्ष साहले बताए ।
नहाय खाय सँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्सभन्दा अझ उत्कृष्ट, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए ।
छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
उदयपुरमा छठ पूजाका लागि आवश्यक केरा, नरिवल लगायतका पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भान्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मौकामा, हांजीपुर, पश्चिम बङ्गाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको उदयपुर छठ पूजा आयोजना समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव राहुले बताए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












