उदयपुरमा छठको तयारी तीव्र
काठमाडौं । नजिकिँदै गरेको छठ पर्वको तयारी उदयपुरमा तीव्र बनाइएको छ । साझा सांस्कृतिक धरोहरको रुपमा स्थापित छठ पूजालाई व्यवस्थित र आकर्षित बनाउने गरी तयारीलाई तीव्र बनाइएको हो ।
सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको विभिन्न उपसमितिहरू गठन गरी सबै काम एकैसाथ अघि बढाइएको त्रियुगा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए ।
उनका अनुसार कात्तिक २० गते घाट स्थलको सरसफाइका लागि सशस्त्र, नेपाल प्रहरी, जेसिस लगायतका निकायलाई अनुरोध गरिएको छ । समितिको बैठकले सरसफाइ, आर्थिक सहयोग जुटाउने, व्यवस्थित सास्कृतिक कार्यक्रम, सुरक्षा, यातायात व्यवस्थापन, बिद्युत् जडान, टेन्ट, घाटदर रेट लगायतका कामहरू गर्न उपसमितिहरू गठन गरिएको साहले बताए ।
समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव (राहुल)का अनुसार पर्वलाई व्यवस्थित र आकर्षक बनाउन उत्कृष्ट प्रवेशद्वार निर्माण, दुई ठुला र दुई साना गरी चार वटा पुल, मूर्ति घर, सेल्फी स्टन्डलगायतका कार्यहरू उपसमितिमार्फत अघि बढाइएको बताए ।
उनले नदी किनारामा विभिन्न स्टलहरू निर्माण, दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको बताए । उनले मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउन्ड सिस्टम लगायतका काममा जुटेको अध्यक्ष साहले बताए ।
नहाय खाय सँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्सभन्दा अझ उत्कृष्ट, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए ।
छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
उदयपुरमा छठ पूजाका लागि आवश्यक केरा, नरिवल लगायतका पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भान्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मौकामा, हांजीपुर, पश्चिम बङ्गाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको उदयपुर छठ पूजा आयोजना समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव राहुले बताए ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











